दाङ–दाङमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गढवा गाउँपालिका वडा नम्बर ३ निवासी १८ वर्षीय प्रकाश कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङ्गले जनाएको छ ।
ठक्करबाट घाइते भएका कुँवरको अबेर मात्रै उद्दार भएको थियो । बिहान ७ बजेर १५ मिनेटमा लमहीमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ठक्कर दिने गाडीको खोजी भैरहेको छ ।