भैरहवा–जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छली गरेर ल्याएका १९ लाख बढी मूल्य पर्ने सामान बरामद गरेको छ।
कार्यालय र मातहत निकायबाट विभिन्न स्थान र समयमा दैनिक उपभोग्य, किराना, दाना सहितको सामग्री भारतबाट भन्सार छली चोरी निकासी पैठारी भइरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो।
नेपालबाट भारततर्फ लग्दैं गरेको मटर दाल (केराउ) ६,९७५ किलो, एक मिनी ट्रक सहित छोहडा ७६ बोरा, भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको किराना सामान २६ बोरा, २४ बोरा अस्ट्रिचको दाना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक खड्ग बहादुर खत्रीले जानकारी दिए।
करिब १९ लाख ७ हजार ६ सय ७५ रुपैया बराबरको उक्त सामग्री आवश्यक कारबाहीको लागि सम्बन्धित कार्यालय भैरहवा भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय, बुटवल पठाइएको कार्यालयले जानकारी दिएको छ।