बुटवल-कपिलवस्तुमा एकजना बालकको पानीमा डुबेर मृत्यु भएको छ। प्रदेश ५ प्रहरी कार्यालयका अनुसार कपिलवस्तु नगरपालिका ७ धमौलीका जैसराम अहिरका डेढ वर्षका बालकको घर नजिकैको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।