बुटवल-रुपन्देहीमा शुक्रबार करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। सैनामैना नगरपालिका–९ बनरहाका ४० वर्षिय भिम बहादुर नेपालीको आफ्नै घरदेखि करिब १ सय मिटर टाढा खेतको तरकारीमा पानी लगाउनको लागि मोटर चलाउने क्रममा चार छोइदा अचानक करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
करेन्ट लागेका नेपालीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले बताए।