विराटनगर-भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले विराटनगर महानगरपालिकालाई कोरोना भाइरसको परीक्षण गर्ने पीसीआर मेशिन खरिदका लागि पाँच लाख रुपैयाँ सहयोग गरेका छन्।
गुरुङले पठाएको रकमको चेक भाटभटेनीका क्षेत्रीय प्रबन्धक विनोद भट्टराई र विराटनगर शाखा प्रमुख सरिता राइले आइतबार विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई हस्तान्तरण गरेका छन्।