बुटवल। साईन रेसुङ्गा डेभलपमेन्ट बैंकको आयोजनामा कक्षा ११-१२ का विद्यार्थीहरुलाई एक दिने डिजिटल तथा बित्तीय साक्षरता कार्यक्रम नंयागाउँ माबि बेलबासमा सम्पन्न भएको छ । तालिमको नयाँगाउँ माबिका अध्यक्ष पुरुशोत्तम बस्यालले एक कार्यक्रमका बिच शुभारम्भ गरे ।
उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै डिजिटल प्रबिधिको बिकाससंगै बैंकले विभिन्न आर्थिक उपार्जनका कार्यक्रम संचालन सहयोग गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीहरुलाई बैंकले प्रदान गर्ने सुबिधाहरुको सुरक्षित तरिकाले उपभोग गर्दै भरपुर फाईदा लिन आग्रह गरे ।
कार्यक्रममा बैंकका सन्चालन बिभाग प्रमुख नम्रता थापाले बित्तिय साक्षरता सम्बन्धि विभिन्न जानकारी व्यक्त गर्दै बैंकले प्रदान गर्ने विभिन्न किसिमका सुबिधाहरुको बारेमा जानकारी प्रदान गरेकी थिईन । साथै बैंकका डिजिटल बैन्किङ बिभागबाट नारायण न्यौपानेले डिजिटल प्रबिधिको प्रयोग ,डिजिटल प्रबिधिको प्रयोगबाट हुने सहजता ,प्रयोग गर्ने तरिका र प्रयोग गर्दा अपनाउनु पर्ने साबधानी तथा अहिले प्रयोगमा आईरहेका नयाँ प्रबिधि सम्बन्धि जानकारी गराए ।
कार्यक्रममा सहभागीको तर्फबाट विद्यार्थी पुस्पा अर्यालले कार्यक्रम आफुहरुको लागि निकै उपयोगी भएको भन्दै आफ्नो अनुभव प्रस्तुत गरिन । कार्यक्रममा ब्यबस्थापन कार्यक्रम संयोजक सुर्य बहादुर रानाले आफ्ना भनाइ राखेका थिए । बैंकको बेलबासशाखा प्रमुख सिला खरेलले कार्यक्रमको उदेश्य बारेमा प्रकाश पार्दै आगामी दिनमा पनि बैंक ले यस्ता किसिमका कार्यक्रम गर्ने जानकारी गराउनु गराएकी थिईन । कार्यक्रममा नयाँगाउँ माबि कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको बैंकले जनाएको छ ।