दाङ-लमही नगरपालिका भित्र रहेका तीन जना असहाय बालबालिकालाई आर्थिक सहयोग गरिएको छ ।
लमही नगरपालिका महिला वालबालिका तथा समाजकल्याण उप–शाखामा कार्यरत शान्ता शर्माको पहलमा सिद्धार्थ सामाजिक विकास केन्द्र बाणगंगा कपिलवस्तुले पठाएको २० हजार रुपैयाँ तीन बालबालिकाको पालनपोषणको लागी प्रदान गरिएको हो ।
लमही नगरपालिका वडा नं. १ का सन्तोष कुमाल, संगिता कुमाललाई नगद ६/६ हजारको दरले १२ हजार र लमही–५ निवासी जेवा खातुनलाई ८ हजार गरी जम्मा २० हजार आर्थीक सहयोग गरिएको छ ।
लमही नगरपालिकाका उप–प्रमुख देवका बेल्वासे, वडा नं. १ अध्यक्ष नुमराज पौडेल, महिला बालबालिका तथा समाजकल्याण उप–शाखाका शान्ता शर्मा, शोभा पण्डित लगायतले बालबालिकालाई नगद हस्तान्तरण गर्नु भएको हो ।