बुटवल–रुपन्देही ब्यापार संघको अधिबेशन आगामी कार्तिक २८ गते हुने भएको छ । संघले आफ्नो स्थापना दिवशको दिन पारी कार्तिक २८ गते २० औ बार्सिक साधारणसभा तथा ११ औ अधिबेशन गर्न निर्णय गरेको महासचिव दयानिधि भण्डारीले बताए।
संघको सम्पन्न कार्यसमितिको १६ औ बैठकले उक्त निर्णय गरेको हो । संघका अध्यक्ष यमलाल लोहनीको अध्यक्षता एबम निबर्तमान अध्यक्ष पदम प्रसाद श्रेष्ठको आतिथ्यतामा सम्पन्न बैठकले अधिवेशनको मिति तय गर्नुका साथै अन्य महत्वपूर्ण निर्णय समेत गरेको संघका कार्यालय प्रमुख सरोज पोखरेलले बताए।
बैठकले व्यापारीहरुको ब्यबसायीक अभिलेख समेट्ने गरि व्यापार डाइरेक्ट्री एबम आर्थिक क्रियाकलापहरु समेटी स्मारिका प्रकाशन गर्ने निर्णय भएको संघका महासचिब भन्डारीले बताए।
भण्डारीका अनुसार डाइरेक्ट्री प्रकासन गर्नको लागि संघका सचिब नामदेब पाण्डे सम्योजक एबम कार्यसमिती सदस्यहरु मनिमदिन मिया, बृन्दा भट्टराई आचार्य, प्रकासराज पौडेल, अर्जुन प्रसाद भट्टराई, रितेश ज्ञवाली र बिनित भट्टराई सदस्य रहेको प्रकासन समिती गठन गरेको छ ।
यस्तै स्मारिका प्रकासनका लागि संघका महासचिब दयानिधि भण्डारीको संयोजकत्वमा संघका सह–कोषाध्यक्ष ऋषिराम पाण्डे सहसम्योजक एबम कार्यसमिती सदस्यहरु ठाकुरप्रसाद आचार्य, मनहरी बस्याल, बिष्णुप्रसाद घिमिरे सदस्य रहेको स्मारिका प्रकासन समिति समेत गठन गरेको छ ।
संघको ११ औ अधिबेशनले नयाँ नेतृत्वको चयन समेत गर्ने छ । संघमा हाल करिव २ हजार व्यवसायीहरु आवद्ध रहेका छन् ।