बुटवल- लायन्स क्लब अफ शंकरनगरद्वारा बाढीपीडितलाई राहत वितरण गरेको छ। रुपन्देहीको ओमसतिया गाउँपालिका १ मा वसोवास गर्ने विपन्न परिवारलाई राहत वितरण गरिएको हो। १० घर परिवारलाई एक बोरा चामल, दाल, तेल, नुन सहित प्रतिपरिवार २५ सय बराबरको सहयोग गरिएको लायन्स संकरनगरले जनाएको छ।
लायन्स शंकरनगरका अध्यक्ष प्रकास आत्रेयको अध्यक्षतामा भएको कार्यक्रममा ओमसतिया गाउँपालिका १ का वडाध्यक्ष बेलबहादुर रावलले लायन्सले दिएको खाद्यान्न सामाग्रीले विपन्न परिवारमा केही भएपनि सहज भएको बताए। लायन्सका जोन चियर पर्सन मुकुन्द ज्ञवालीले मानविय सेवामा लायन्स क्लबले पुराउदै आएको योगदान र सामाजिक क्षेत्र गरिरहेका गतिविधिको बारेमा जानकारी गराएका थिए।
क्लबका अध्यक्ष प्रकाश आत्रेयले सबै सदस्यहरुले केही रकमहरु उठाएर राहत वितरण गर्न आएको र सामाजिक तथा मानविय सेवामा निरन्तर लागिरहने बताए । पत्रकार सरु रानाले अति समस्यामा परेका परिवारलाई सहयोगको लागि अनुरोध गरेकी थिइन्।