बुटवल- बुटवल–११ देविनगरस्थित गार्गी एकेडेमीमा शुक्रबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत पहिलो पटक रक्तदान कार्यक्रम गरेको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापाले रक्तदानले रक्तदाता मेनुका कार्की र गणेश श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको सुरू गरे।
सो अवसरमा १ सय ११ युनिट रगत संकलन भएको विद्यालयका प्राचार्य भुवन अधिकारीले जानकारी दिए। आगामी दिनहरूमा पनि विद्यालयले विभिन्न सामाजिक कार्य गर्दै जाने प्राचार्य अधिकारीले बताए। सो अवसरमा शिक्षक, कर्मचारी, विद्यालय सञ्चालक, अभिभावक र भूपू विद्यार्थीले रक्तदान गरेको कार्यक्रम संयोजक भगवती अर्यालले जानकारी दिइन्। विद्यालयमा अहिले १ हजार ४०० विद्यार्थी अध्ययनरत छन्।
कार्यक्रममा विद्यालयका सञ्चालक समिति सदस्य लोकराज शर्मा, शिक्षा उपसमिति संयोजक टेकराज न्यौपाने, भूपू विद्यार्थी समिर खत्री, कार्यक्रम संयोजक भगवती अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापाको अध्यक्षता, प्राचार्य भुवन अधिकारीको स्वागत तथा कार्यक्रम संयोजक भगवती अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।