बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्बर–१७ मा रहेको गंगोलिया गाउँलाई ‘माई लायन भिलेज’ (मेरो लायन गाउँ ) का रुपमा लायन्स क्लव अफ बुटवल मणि उजेशले अपनाएको छ । गंगोलिया गाउँको विकाससँगै त्यहाँको शिक्षा, स्वास्थ्य, महिला तथा युवा नेतृत्व बिकासका लागि लायन्स क्लव अफ बुटवल मणि उजेशले गंगोलियालाई ‘मेरो लायन गाउँ गंगोलिया’ का रुपमा अपनाएको हो।
विपन्न तथा गरिव समुदायसँगै ठुलो संख्यामा थारु समुदायको बसोवास रहेको गंगोलियामा बालबालिकाको शिक्षा, उनीहरुको स्वास्थ्य, स्थानीय महिला तथा युवाहरुका लागि सशक्तिकरणका कार्यक्रम गर्ने क्लवका अध्यक्ष प्रविना घिमिरेले जानकारी दिईन्। ‘माई लायन भिलेज’ कार्यक्रम जारी रहदाँसम्म स्थानीयको नियमित निःशुल्क स्वास्थ्य परीक्षण, गरिव, विपन्न, अनाथ, अपाङ्ग तथा असहायहरुलाई निरन्तर सहयोग गरि रहने क्लवले बताएको छ।
क्लवले तिलोत्तमा नगरपालिका वडानम्बर–१७ सँगको सहकार्य, गंगोलिया टोल विकास समितिको संयोजनामा उक्त कार्यक्रम गरिने अध्यक्ष घिमिरेले बताईन् । कार्यक्रम सम्पन्न पर्नका लागि स्थानीय नगरपालिका, स्वास्थ्य संस्था तथा विद्यालयहरुसँगको सहकार्यमा सम्पन्न गरिने क्लवले जनाएको छ ।
मणि उजेशका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको ‘मेरो लायन गाउँ गंगोलिया’ गाउँ ग्रहण कार्यक्रममा लायन्स ३२५ बीटुका डिस्ट्रिक गर्भनर रामप्रसाद भट्ट, क्याविनेट सेकेटरी प्रभाकर पाण्डे, डिष्ट्रिक चिफ एडभाईजर उमंग देवकोटा, डिष्ट्रिक डिपुटी सेकेटरी विजय पाण्डे, डिष्ट्रिक कोचिफ एडभाईजर किरण खरेल, एरिया चिफ जीवन गौतम, जोन सियर प्रशन नेहा अग्रवाल, वडानम्बर १७ का वडाध्यक्ष धनबहादुर चौधरी, टोल विकास समितिका अध्यक्ष शिवप्रसाद थारु, बर्वलिया माविका प्रअ घनश्याम चौधरी, कार्यक्रम संयोजक सन्जु पाठक, प्रिया कसौधन, शैलजा श्रेष्ठ लगायतले ‘मेरो लायन गाउँ गंगोलिया’ लाई लायन्स क्लवले नमुना गाउँका रुपमा विकास गर्ने गर्ने कार्यक्रम ल्याएको बताए ।
क्लवले यसअघि पनि विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको र विगतमा गरिएका कार्य योजनाहरुलाई निरन्तर कार्य सम्पादन गर्दै जाने क्लवले जानकारी दिएको छ ।