बुटवल - लायन्स क्लब अफ शंकरनगरले खाद्यान्न तथा स्टेशनरी सामाग्री वितरण गरेको छ। क्लबका संस्थापक अध्यक्ष किरण खरेलको जन्मदिनको अवसरमा मंगलापुरको सिर्जनशिल संस्था नेपालले उद्धार गरेका सडक बालबालिकाहरुलाई खाद्यान्न वितरण गरिएको हो। कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष खरेलले आगामी दिनमा जन्मदिनको अवसर पारेर सामाजिक कार्यक्रम गर्न लायन्समा आबद्धहरुलाई आग्रह गरे।
लायन्स शंकरनगरका अध्यक्ष प्रकाश आत्रेयको अध्यक्षतामा भएको कार्यक्रममा लायन्सका डिस्ष्ट्रिक चिफ एडभाइजर उमंग देवकोटा, पूर्व अध्यक्ष लक्ष्मण पाठक, मुकुन्द ज्ञवाली, एरिया चिफ जिवन गौतम सिर्जनसिल संस्थाकी उपाध्यक्ष सविना पोखरेल लगायतले आ आफ्ना भनाइ राखेका थिए। खगेश्वार भण्डारीको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन संस्थाका प्रथम उपाध्यक्ष दिपेश कंडेलले सञ्चालन गरेका थिए ।