बुटवल–उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेडले सिद्धार्थनगर नगरपालिकालाई कोरोना भाइरस राहत कोषमा १ लाख रुपैयाँ सहयोग गरेको छ ।
आफ्नो कार्यक्षेत्र अन्तर्गतका प्रदेश सरकार कार्यालय तथा स्थानीय तहहरुलाई कोरोना भाईरस राहत कोषमा ६ लाख ५० हजार सहयोग गर्ने सन्दर्भमा प्रदेश नं.५ सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख हरि प्रसाद अधिकारीलाई १ लाख रुपैंयाको चेक उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट सञ्चालक खड्ग बहादुर राना तथा प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले हस्तान्तरण गरेका थिए ।