बुटवल । नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताव सर्वसम्मत पारित भएको छ । दाङ देउखुरी स्थित राप्ती गाउँपालिकाको कार्यालयको प्राङ्गणबाट साहित्यकार तथा प्रेस स्वतन्त्रता सेनानी नारायण शर्माको नेतृत्वमा अग्रज पत्रकार डा. बालकृष्ण चापागाई, लेखक तथा विश्लेषक ऋषि आजाद, निमबहादुर थापा, डा. कृष्णराज डिसी, लक्ष्मी आचार्य, सुशीला आचार्यद्वारा प्रस्तुत नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस भन्ने प्रस्ताव सर्वसम्मत पारित भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सभामुख तुलबहादुर घर्तीमगरले नेपालमा बुद्ध दर्शन र धर्मलाई नेपाल सरकारले मान्यता दिदै यसको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्ने बताउनुभयो । साथै बुद्ध धर्म र दर्शनको आदर्शपथमा टेकेर बुद्ध धर्म र दर्शनलाई विद्यालय पाठ्यक्रममा नै राख्नुपर्ने बताउँदै यसको विकास र विस्तारको लागि आफू लाग्ने बताउनुभयो ।
“हामी शान्ति निर्माण प्रक्रियामा छौँ, यसको अन्तर्यमा बुद्ध दर्शनको भावना जोडिएको छ । नेपालमा सङघीय लोकतान्त्रिक गणतन्त्र सँस्थागत गर्दै बुद्ध दर्शन र धर्मका माध्यमबाट शान्ति क्षेत्र स्थापना गर्नु मनासिव हो ”, उहाँले भन्नुभयो ।
विशिष्ट अतिथि लुम्बिनी विकास कोषका निवर्तमान उपाध्यक्ष भिक्षु मेत्तेयले बाहिरी धर्म दर्शन हाम्रो लागि श्रोत सामग्री भए पनि नेपाली मौलिक र विशिष्ठ परम्पराको विकास गर्दै नेपाली मौलिक प्रकृतिको समाजवादमा जान सबै पक्ष तयार हुनुपर्ने बताउनुभयो ।
अर्का विशिष्ट अतिथि लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले २०३१ सालमा तत्कालीन राजा वीरेन्द्रले प्रस्ताव गरेको शान्ति क्षेत्रको प्रस्ताव निरङ्कुशतन्त्र जोगाउने प्रस्ताव हो भन्दै हामी बहुलवादी खुल्ला समाजमा आधारित लोकतान्त्रिक पद्धतिबाट शान्ति स्थापना गरी शान्ति क्षेत्र नेपाल बनाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा अग्रज पत्रकार डा बालकृष्ण चापागाईँले विश्वशान्तिः बुद्ध र नेपाल शीर्षकमा अवधारणा पत्र– प्रस्तुत गर्नु भएको थियो । उक्त अवधारणा पत्रमा विश्लेषक डा. घनश्याम न्यौपाने परिश्रमी तथा प्रमोद धितालले टिप्पणी गर्नु भएको थियो ।
त्यसैगरी लेखनाथ आचार्य, कमलापति चौधरी, प्राज्ञ उत्तमकृष्ण मजगैयाँ, डा.श्याम प्रसाद न्यौपाने, कमलमणि देवकोटा, टीकाराम रेग्मी, राजेन्द्रकुमार आचार्य, लीलाधर शर्मा, ऋषिराज लुङ्गेली, नारायण नेपाल, डा. कृष्णराज डिसी, किशोरचन्द्र गौतम, ब्रह्माकुमारी, विजयराज बस्याल, सूर्य भुसाल, कृष्ण प्रसाद कोइराला, जीवनाथ शर्मा, टङ्कनाथ ज्ञवाली बुनु लामिछानेले कार्यपत्र तथा शान्ति क्षेत्रको विषयमा पुरक टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रमको आयोजना विपश्यना केन्द्र (धम्मपराग), लुम्बिनी वाङ्मय प्रतिष्ठान लुम्बिनी प्रदेश, नागरिक समाज देउखुरीले गरेका थिए भने सहकार्य राप्ती गाउँपालिका, देउखुरी, दाङ समृद्धि सरोकार केन्द्र, बुटवल, नेपाल,गुरुकुल एकेडेमी, घोराहीले गरेका थिए ।
कार्यक्रममा स्तम्भकार समाज दाङ्का अध्यक्ष केबी मसाल, समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरे, पत्रकार सुमन अधिकारी, लुम्बिनी वाङ्मय प्रतिष्ठान लुम्बिनी प्रदेशका सँस्थापक पुरुषोत्तम खनाल, गङ्गानाथ कोइराला, विजय सापकोटा, शोभाखर पौडेल, राप्ती साहित्य परिषदका अध्यक्ष टीकाराम उदासी, वरिष्ठ लेखक नारायण पौडेल, पदंप्रसाद शर्मा, साहित्यकार छविलाल कोपिला, गुरुप्रसाद कुमाल बुलबुल, अर्थशास्त्री हुमराज भुसाल,लुम्बिनी वाङ्मय प्रतिष्ठान नवलपरासी अध्यक्ष अर्जुन पाण्डे, दैनिक पत्रका व्यवस्थापक मञ्जु पौडेल, प्रबन्धक कृष्ण रणपाल, कृष्णप्रसाद पाण्डे, शालिकराम पौडेल, शोभाकर बेल्बासे, पत्रकार महेश रैथानेको उपस्थिति रहेको थियो ।
उपस्थित वक्ताहरुले नेपाली समाजमा रहेको वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय विभेदहरु समाप्त पार्दै समाजवादी समाज निर्माण गरी शान्ति क्षेत्र नेपाल बनाउनु पर्ने भन्दै कार्यक्रम अभूतपूर्व रुपमा सफल भएको बताएका छन् ।
कार्यक्रमको अन्त्यमा यो अभियानलाई सफल पार्न लक्ष्मी शर्माको अध्यक्षतामा बुनु लामिछाने, निमबहादुर थापा, ऋषि आजाद, डा. कृष्णराज डिसीसहितको पाँचजनाको समिति घोषणा गरिएको छ ।
कार्यक्रम नारायण शर्माको अध्यक्षता, ऋषि आजादको स्वागत र निमबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।