बुटवल। पाणिनि साहित्य कला सँस्कृति प्रतिष्ठान जितगढी बुटवल १३ ले भानु जयन्तीका अवसरमा स्रष्टा सम्मान गरेको छ ।
आदिकवि भानुभक्त आचार्यको २१० ओैँ जन्मजयन्तीका अवसरमा चार जनालाई सम्मान गरिनुका साथै को कविता वाचनका समेत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शिक्षा तथा सँस्कृतिविद उत्तरकुमार पराजुलीले भानुको हास्यव्यङ्ग्य चेतको प्रकाश पार्दै कला साहित्य र सँस्कृति क्षेत्रमा साधनारत सम्मानित स्रष्टाहरुलाई हार्दिक बधाई तथा शुभकामना दिनु भएको थियो ।
वरिष्ठ कलाकार नाट्यकर्मी तथा साहित्यकार चिरन बरालले कविता वाचन गर्दै पाणिनि साहित्य कला सँस्कृति प्रतिष्ठान साहित्यिक संस्था खुलेकोमा खुसी व्यक्त गर्नुभयो ।
साहित्यकार विष्णु घर्ती भनभनेलीले कविता वाचनका साथ साहित्य कला सँस्कृतिको सम विकासले सभ्य आदर्शवादी समाज बनाउन सकिने बताउनु भयो ।
समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरेले साहित्य कला सँस्कृतिको समुत्थानको लागि राज्यले लगानी बढाउनु पर्ने बताउनुभयो ।
प्रध्यापक गोपाल पन्थीले सँस्था स्थापना भएकोमा खुसी व्यक्त गर्दै आदिकवि भानुभक्त आचार्यले भाषिक एकीकरणमा खेलेको भूमिकाको चर्चा गर्नु भयो ।
कार्यक्रममा बुटवल १३ का सचिव टिकाराम न्यौपानेलाई सुशासन प्रवर्द्वन प्रतिभा सम्मान भानु जयन्ती २०८०, कला विभागबाट बेनु थापालाई, कला प्रतिभा सम्मान भानु जयन्ती २०८०, सँस्कृति विभागबाट सीता आचार्यलाई गीत सङ्गीत प्रतिभा सम्मान भानु जयन्ती २०८०, र साहित्य विभागबाट गङ्गा पोखरेललाई पर्या साहित्य सम्मान भानु जयन्ती २०८० बाट प्रमाण पत्र तथा नगदकासाथ सम्मान गरिएको थियो ।
उहाँहरु सबैले सँस्थालाई धन्यवाद दिदै आफ्नो क्षेत्रमा गहिरिएर लाग्ने अठोट गर्नु भयो ।
कार्यक्रममा साहित्यकार टङ्कनाथ ज्ञवाली, कृष्णप्रसाद भट्टराई शान्ता बन्जाडे, बाल कवि आश्रित कुँवर र सुविद्या बन्जाडेले कविता वाचन गर्नु भएको थियो ।
।
कार्यक्रममा वडा जनप्रतिनिधि मन्दिरा गौडेल, जितगढी टोलका अध्यक्ष मोहन गौडेल, नागरिक टोलका पूर्व अध्यक्ष हरिदेव थापा, बेलबोट टोलका सचिव वेदराज ज्ञवाली,विजय टोलका अध्यक्ष यमप्रसाद गैरे, शान्तिटोलका अध्यक्ष माया बेल्वासे,जितेश्वरी पाणिनिका उपाध्यक्ष शान्ति श्रीस, निहरेटोलका अध्यक्ष गीता बन्जाडे, बुटवल माविका पूर्व प्रअ घनश्याम गौतम, समाजसेवी विजयराज बस्याल, जितेश्वरी पाणिनि उद्यानका कोषाध्यक्ष, गरिराज पौडेल, झोलुङ्गेपुल टोलका पूर्व अध्यक्ष प्रेम नारायण पोखरेल, उद्यमी शिवराज पोख्रेल, सिर्जना भुसाल, बेलकुमारी पौडेल, राष्ट्रियता मरासिनीले शुभकामना दिनुभयो ।
प्रमुख अतिथिबाट उदघाटनपछि सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतमबाट भानुभक्त आचार्यको रामायण पाठ गर्दैे शुरु भएको कार्यक्रमको अध्यक्षता पुनाराम घिमिरे, स्वागत जितेश्वरी पाणिनिका वरिष्ठ उपाध्यक्ष पिताम्बर भण्डारी, सहजीकरण ऋषि आजादले गर्नु भएको थियो ।