काठमाडौं । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहले पाउने भएका छन् ।
बिहीबार स्वीडिस एकेडेमीले यस वर्षको नोबेल पुरस्कार गुर्नाहले आफ्नो कृतिमा समावेश गरेको उपनिवेशवादको प्रभाव र संस्कृति तथा खाडी क्षेत्रमा शरणार्थीको भाग्यको विषयमा गरेको चित्रणको लागि उनलाई नोबेल पुरस्कार दिने निर्णय गरेको हो ।
गुर्नाहको जन्म सन् १९४८ मा भएको हो । उनको बाल्यकाल तान्जानियाको जन्जिबार टापुमा बितेको थियो ।
उनी सन् १९६० को दशकमा शरणार्थीको रुपमा बेलायत पुगेका थिए । उनले १० उपन्यास लेखेका छन् र धेरै छोटो कथाहरु पनि लेखेका छन् । उनका धेरैजसो कृतिमा शरणार्थीहरुको समस्यालाई उल्लेख गरिएको छ ।