बुद्ध जन्मस्थल लुम्बिनी घुम्नुभयो ? घुम्नुभएको छैन भने घुमिहाल्नुस् । लुम्बिनी घुम्नका लागि यो समय सबैभन्दा उपयुक्त छ । न जाडो न गर्मी मौसममा लुम्बिनी घुम्न मजा आउँछ । हिडेरै पनि सबै विहारहरुमा पुग्न सकिन्छ । यो समयमा अरु धेरै देशबाट पनि पर्यटक घुम्न आउँछन् । आन्तरिक पर्यटकको संख्या पनि उत्तिकै छ । बुटवल – बुद्ध जन्मस्थल लुम्बिनी घुम्नुभयो ? घुम्नुभएको छैन भने घुमिहाल्नुस् । लुम्बिनी घुम्नका लागि यो समय सबैभन्दा उपयुक्त छ । न जाडो न गर्मी मौसममा लुम्बिनी घुम्न मजा आउँछ । हिडेरै पनि सबै विहारहरुमा पुग्न सकिन्छ । यो समयमा अरु धेरै देशबाट पनि पर्यटक घुम्न आउँछन् । आन्तरिक पर्यटकको संख्या पनि उत्तिकै छ । दसैँ–तिहारबिचको बिदामा बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गर्ने आन्तरिक (नेपाली) पर्यटकको संख्या लाख नाघेको छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार असोज १४ गतेदेखि कात्तिक १४ गतेसम्म १ लाख ४ हजार २ सय २५ नेपाली पर्यटकले लुम्बिनी घुमेका छन् । सूचना अधिकृत बस्नेतका अनुसार गत वर्ष सोही अवधिमा ८८ हजार ५ सय ८२ आन्तरिक पर्यटकले लुम्बिनी घुमेका थिए । लुम्बिनी पुग्न भैरहवातिरको सडक धुलाम्मे छ । तर त्यसको पनि चिन्ता छैन । बुटवल या बुटवल पश्चिम हुनुहुन्छ भने सैनामैनाको रामापूर कलोनीबाट लुम्बिनी पुग्ने सजिलो बाटो छ । यो बाटोमा ग्रामीण परिवेश हेर्दै लुम्बिनी पुग्न सकिन्छ । यो बाटो अहिले भैरहवा लुम्बिनी सडकको गतिलो विकल्प हो । यही बाटो भएर लुम्बिनी पुग्नुस्, नयाँ अनुभूति हुनेछ ।