बुटवल-मौसम खुलेसँगै तराईका केही स्थानबाट हिमाल देखिएको छ। रुपन्देहीको भैरहवा र कपिलवस्तुको तौलिहवाबाट विरलै देखिने हिमाल आइतबार देखिएको हो।
मौसम खुला र सफा भएसँगै हिमाल देखिएको भन्दै सामाजिक सञ्जालमा सो क्षेत्रका बासिन्दाले अन्नपूर्ण हिमश्रृङ्खलाका
तस्वीरहरु राखेका छन्।
करीब ४-५ दशक अघिसम्म रुपन्देहीको लुम्बिनीबाट सहजै देखिने हिमाल आजभोलि भने वायु प्रदुषणका कारण देखिदैन। वर्षापछि मौसम खुलेको समयमा मात्रै रुपन्देहीको दक्षिणी भेग र कपिलवस्तुका केही भागबाट मात्रै हिमाल देखिन्छ।

.jpg)