बुटवल - रुपन्देहीमा ५५ वर्ष माथिका उमेर समूह, शिक्षक, सवारी चालक सहचालक लगायतकाे लागी शनिवार दोस्रो दिन पनि कोभिड विरुद्धको खोप कार्यक्रम चलेकाे छ। यसैगरी यसअघि लगाउन छुटेकाहरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतले पनि चिनबाट आएकाे भेरोसेल खोप लगाउँदैछन्।
शनिवार विहान देखि निरन्तर वर्षा भइरहेको छ । वर्षाको प्रवाह नगरी लक्षीत समूह खोप केन्द्रमा पुगेर लाइन लागेका छन् ।बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालसहित विभिन्न खोप केन्द्रहरुमा छाता ओढेर उनीहरुले खोप लगाउन पालो पर्खिरहेका छन्। खोप केन्द्रमा भिड अव्यवस्थित छ भने स्वास्थ्यको मापदण्ड पालना भएको देखिदैन।
तस्वीर - कृष्ण आचार्य



