गत मंसिर महिना लाग्दा नलाग्दै मलाई ज्वरो आयो । शरीर कटकटी दुख्यो, टाउको फुट्लाझैं भयो । खाना खान त्यति रुचेन । श्रीमती सरस्वती र छोरा गुन्जनसँग कुरा गरेपछि म बुटवल हस्पिटल प्रा.लि.मा पुगें । म त्यहाँ तीनदिन बसें । त्यसपछि मलाई कोरोना संक्रमणको शंका गरी स्वाब लिइयो र जाँच्दा कोरोना पोजेटिभ भेटियो ।
अनि मलाई लुम्बिनी प्रादेशिक हस्पिटलको फेबर क्लिनिक आइशोलेशन वार्डमा पु¥याइयो । म त्यहाँ तीन दिन बसें । मेरो अवस्था अलि नाजुक भएको देखेर बुटवलको धागो कारखाना स्थित कोरोना विशेष अस्थायी अस्पतालपु¥याइयो ।
मधागो कारखानाको कोभिड अस्पतालमा लगिएँ । त्यहाँ १२जनाजति बिरामीथिए । त्यहाँम आइसियूमातीनदिनजति बसें । अवस्थामा सामान्य सुधार आयो । तर हाम्रा आँखा अगाडि दुईजना बिरामीको निधनभयो । त्यहाँको वातावरण त्यति राम्रो लागेन । डाक्टरहरु सहानुभूति दिन नजिक आएनन् । नर्सहरुले नजिकबाट सेवा गर्थे । नर्सहरुले बिरामीको अवस्था बताउँथे ।
डाक्टरहरुले परैबाट औषधी लेखिदिने वा उनीहरुलाई आवश्यक निर्देशन दिने गर्थे । त्यो समयमा काला पिपिई लगाएका नर्सहरु यताउता हिंड्दा मेरो मनमा राम्रो लाग्दैनथ्यो । त्यहाँ कालो पिपिइ लगाएका नर्सहरु देख्दा यमराजका दूत वरिपरि घुमेझै लाग्थ्यो । अहिले सुधार भएछ । सेतो पिपिई लगाउन थालेछन् ।
बुटवलमा कोरोना अस्पतालको प्रचार राम्रो थिएन । भित्रको व्यवहार मानवीय संवेदना अनुकूल पनि थिएन । त्यहाँ सहानुभूति दिने र मायादिने त कुरै थिएन । मलाई त्यहाँ बसिरहँदा बाँच्ने आशा लागेन । त्यो विशाल भवन मृत्यु च्याम्बर जस्तो लाग्यो । मन बिग्रिदै गयो । बाँच्ने आशा हरायो । मैले मनमनै विकल्प खोजिरहेको थिएं ।
बीचमा परिवारसँग भेट गर्न आग्रह गरेपछि श्रीमती सरस्वतीलाई परैबाट हेर्न दिइयो । मैले यो अन्तिम भेट हो कि जस्तो ठानें । मेरो मुटुमा भक्कानो उठ्यो । उनीबाहिर गएपछि म रोएं । मेरो आत्मबलको ग्राफ ओरालो लाग्यो । अझ मृतकहरु देखेपछि मेरो मन झन कहालियो ।
सबै बिरामीहरु एकै ठाउँमा देखिने गरी राख्दा बीचबीचमा बिरामीहरुको दुखद मृत्य हुँदाको दृश्य देखेर बाँच्ने आशा हरायो । मानवीय संवेदनामा असर प¥यों । अहिले त धेरै सुधार भयो भन्छन् । त्यो समयमा खाना खानेजस्तो पनि थिएन । अस्पतालहरु संवेदना मैत्री संरचनामा बनेको हुनु पथ्र्यो । यो कुरा व्यवस्थापकले बुझेनन् । मानव मनोविज्ञान नबुझेका आलाकाँचा व्यवस्थापकबाट त्रुटि हुन्छ ।
हुन त विकासको नियम हो । सबलहरुले दुर्बलका समस्याहरु ढिलो बुझ्छन् । अपाङ्गताको समस्या बुझ्न सयौं वर्ष लाग्यो भन्दा हुन्छ । कालान्तरमा अपाङ्गता समुदाय जागेपछि दबाबबाट अपाङगमैत्री संरचना बन्न थाले । त्यो कानुन नै बन्यो । अब अस्पतालहरु मानवीय संवेदना मैत्री हुनुपर्छ । बिरामीसँग मुस्कानसहितको सेवा चाहिन्छ । उनीहरुलाई सुरक्षाको महशुस हुनु पर्छ । सहानुभूति हुनु पर्छ । तर त्यहाँ सहानुभूति र मुस्कान कुन चरीको नाम हो त्यहाँ थाहा भएन ।
मलाई त्यहाँ बसेर बाँच्ने आशा हरायो । अब मनमनै बाँच्नको लागि यहाँबाट भाग्नैपर्छ भन्ने ठानें । ट्वाइलेट गएको समयमा कसरी भाग्नेहोला भनी सोंचे । पकेटमा सुको पैसा थिएन । भाग्ने कुरा परिवारका सदस्यलाई सुनाउन पनि हुँदैनथ्यो । बिहान ७ बजेको थियो । मंसिर महिनाको समयमा बिहानको चिसो वातावरण थियो । शरीर कमजोर थियो । बिहान भुकभुको थियो ।
छङ्ग उज्यालो भइसकेको थिएन । त्यही बखत बलियो मन गराएर भाग्नको लागि वालतिर गएँ । काँढेतार पन्छाउँदै वालमा चढेंर म बाहिर निस्कें । बाहिर निस्कदाबित्तिकै एउटा युद्ध जितेर आएजस्तो महशुस भयो । म त्यसरी भाग्दा नर्सहरुले देखेछन् । बीचमा दुर्ई नर्सले बुबा बुबा नजानुस् हामीले केही गर्दैनौ भन्दै चिच्याउँदै थिए ।
मैले बाँच्ने आशाले न्वरानदेखिको बल लगाएर जङगलको बाटो कुलेलम ठोकें । दौड्दा दौड्दै जाँदा बीचमा एक पटक झोंला आएर थचक्क बसें । झन्नै बेहोस् भइन । फेरि उठें, जीवनको आशाले दौडिएँ । त्यस बीचमा प्रहरीले जङ्गलभरी सर्च गरेको कुरा पछि थाहा लाग्यो । प्रहरीले पक्रन सकेन । म दौड्दै दौड्दै जोगिकुटी पौवा होटलमा पुगें ।
पौवा होटलमा मेरो भाइको शेयर थियो । त्यहाँ राम्रो सेवापाउँला भनेर आशा थियो । भाइ त्यहाँ रहेनछन् । त्यहाँको स्टाफसँग भाइलाई फोन गर्न लगाएँ । भाइले स्टाफसँग दाजुलाई एउटा कोठामा राख्नू म आउँछु भनेका रहेछन् ।
मैले कोरोना विशेष अस्पतालबाट भागेर आएको कुरा बताएँ । यो सुनेर होला त्यहाँको स्टाफले झट्ट कोठाभित्र पस्न दिएनन् । कोरोनाका कारण सबै डराएको अवस्था थियो । यो कुरा नभन्नु पर्ने रहेछ । त्यसैले पनि मैले सेवा पाउने आशा गरिन । मेरो मन चन्चल थियो । मैले पूर्ण सुरक्षा खोजेको थिए । स्टाफले ढिलाढाला गरेको देखेर मलाई सुरक्षामा शंका लाग्यो । कतै पक्राउ परिन्छ कि भन्ने डर पनि लाग्यो । अनि म त्यहाँबाट पनि कुलेलम ठोकें । म पश्चिमतिर हानिएँ ।
बीच बाटोमा कुन्नि कुन ठाउँ हो याद आएन । मुर्गियातिर जाने एउटा माईक्रोबस भेटियो । म तुरुन्त त्यहीबसमा चढें । त्यो माइक्रोबसले झोलुङ्गेपुल हुँदै मेरो घरको आडैबाट लग्यो । म बसमा कसैले नदेखून् भनेर लुकेझै गरी बसेको थिएँ । घर ओर्लेको भए पक्राउ खाने निश्चित रहेछ ।
मुर्गिया पुगेपछि आफूसँग भाडा नभएको कुरा चालकसँग भने । उनी अलि झर्किएँ । मेरो विवशतार बाध्यता उनले बुझ्ने कुरा भएन । व्यवसायी भएको नाताले पैसा दिनुपथ्र्यों । मैले जाडोमा ज्याकेट लगाएको थिएं । त्यही ज्याकेट दिन्छु भनें । उनले आखिर पैसा लिएनन् । म त्यहाँबाट वनगाई जाने माइक्रोबसमा चढें । वनगाई पुग्दा पनि त्यही नियति दोहोरियो । बस चालकले अलि साह्रो गर्न थालेपछि मेरो सिटमा बसेका एकजना सहृदयी व्यक्तिले भाडा दिन्छु भनेपछि लिन त लिएनन् । त्यसपछि म ओर्लिएं ।
मेरो दिमागमा कोही आउँछन् कि देख्छन् कि भन्ने लागि रहेको थियो । दस पन्ध्र मिनेटपछि भालुवाङ जाने बसमा चढें । भालुवाङ आफ्नो घर थियो । म त्यहीपुगें । त्यहाँ पनि बसलाई भाडा दिन पैसा थिएन ।
बसबाट ओर्लेर छिमेकीसँग पैसा मागेर दिएँ । म अलि ढुक्क भएँ । घरमा केही छिन सुस्ताएको थिएँ । निकै थकाई लागेको थियो । त्यसै बीचघरबाट सरस्वती पोखरेलको फोन आयो । घरमा प्रहरी आएर खोजतलास गरेका रहेछन् । हल्ला ठूलो भएछ ।
यति ठूलो हल्ला होला भन्ने ठानेको थिइन । उसै दिन साँझ खोज्दै छोरा गुन्जन पोखरेल र श्रीमती सरस्वती पोखरेल भालुवाङ आइपुगें । उनीहरुले मलाई सम्झाउँदै एम्बुलेन्समा घर पठाए । उनीहरु पछि पछि गाडीमा आए । घरमा आउँदा प्रहरीहरु पकड्न आइहाल्छन् कि भन्ने डर लाग्यो ।तर आएनन् ।
म बिरामी हुँ । तर मलाई राज्यले भगौडा करार ग¥यो । पूर्ण सुरक्षाको आभास दिन सकेन । बाँच्ने आशा दिएन । पछि कोरोना अस्थायी विशेष अस्पतालको प्रशासनलाई बिरामी भेटिएको थाहा दिइयो ।
तर मैले कुनै हालतमा त्यो कोरोना विशेष अस्पतालमा जान मानिन । मेरो श्रीमती सरस्वती सिएमए हुन् । उनले डाक्टरसँग सल्लाह लिएर घरमै उपचार गरिन् । म पाँच सातदिनमै निको भएँ ।
यस बीचमा कोरोना विशेष अस्पतालमा रहँदा पिपिई कालो लगाएको भएपनि एकजना नर्सले मलाई असाध्य सहानुभूति दिएकी थिइन् । उनको सेवाभावले म अति प्रसन्न भएको थिएँ ।
म त्यसबेला त्यसरी भाग्नु सही थियो त भन्दिन तर मानिसको मानसपटलमा त्यतिसम्मको बेचैनी हुँदोरहेछ भन्ने महसुस गरेँ।
वास्तवमा समाजमा आज पनि असल मानिस छन् । नर्स शब्द नै प्रिय शब्द हो । नर्सहरु अरुको तुलनामा थोरै तलब भत्ता लिएर धेरै राम्रो काम गर्छन् । आफसोच ! मैले उनको नाम सोधिन । बुटवल १३ शान्तिचोक घर हो भन्थिन् । उनलाई यसै आत्मकथामार्फत विशेष धन्यवाद सहित आशिर्वाद दिन चाहें ।
(यो बुटवल १३ निहुरेटोल निवासी नागपथमा बस्ने मातृका प्रसाद पोखरेलले भोगेको अनुभवको आत्मकथा हो । मैले उनको आत्मकथाको अभिलेखन गरेको हुँ ।)
तपाइँहरुसँग पनि यस्तै आफ्नै वा आफन्त , छिमेकी वा साथीभाईका भोगाई छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।