बुटवल-बुटवल उपमहानगरपालिकामा आइतबार बिहानै १६ जना संक्रमित थपिएका छन्। बुटवल उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार ३ जना नगरपालिकाका कर्मचारीमा संक्रमण पुष्टि भएको छ भने अरु समुदायस्तरका व्यक्ति हुन्।
संक्रमण पुष्टि भएका २ जना उपमहानगरपालिकाका शाखा प्रमुख हुन्। यसअघि पनि बुटवल उपमहानगरको लेखा शाखामा कार्यरत एकजना अधिकृतमा संक्रमण पुष्टि भएको थियो।
आइतबार संक्रमण पुष्टि भएकाहरुको विस्तृत विवरण आइनसकेपनि अधिकांश कालिकानगर क्षेत्रका रहेको उनले लुम्बिनी टाइम्सलाई बताए।
तीमध्ये यसअघि कन्ट्याक्ट ट्रेसिङमा १५ जनाको एकैपटक स्वाब संकलन गरिएकोमध्येका ७ जना हुन्। १५ जनामध्ये अरुको रिपोर्ट नेगेटिभ आएको छ।
एकजना वडा नं २ का हुन्। योसँगै बुटवलमा सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ। शनिबारसम्मको तथ्यांकअनुसार बुटवलको वडा नं ११ मा सबैभन्दा धेरै संक्रमित छन्।