बुटवल -गायक तथा सञ्चारकर्मी डिल्ली नारायण पाण्डेयको तिज गित सार्वजनिक भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका पाण्डेयले बुलबुल मिडिया प्रालि मार्फत् ‘माया जालैमा’ बोलको गित सार्वजनिक गरेका हुन्।
गीतमा गायक पाण्डेयसंगै गायिका चेतना थापाले आवाज दिएकी छन्। गीतमा माया प्रेमका शब्दभावहरु समाबेश भएका छन्। पुरानो मौलीक संस्कृतिलाई सम्क्षण गरौं भन्ने मुख्य सन्देश गीतमा रहेको छ।
बुटवलका बिभिन्न स्थानहरुमा छायांकन गरिएको गीतको छायांकन मनिष पन्थले गरेका छन्। नृत्य निर्देशन लोकेन्द्र शाहले र अभिनय शुमन र रस्मीको रहेको छ।