बुटवल । तिज नजिकिएसँगै कलाकारहरुले तिजका कोशेली बजारमा ल्याउने क्रम बढेको छ । यसैक्रममा लोक गायिका शिलु भट्टराईको तिज गीत ‘भूईपत्र हल्लाउँदै’ ले बजारमा चर्चा पाएको छ ।
तिजको अवसर पारेर यो वर्ष पनि गायीका भट्टराईले नेपाली मौलिकता झल्कने नयाँ गीत दर्शकमाझ ल्याउनुभएको हो ।बिक्रमबावु बिश्वकर्माको शब्द संकलन रहेको गीतमा गायिका भट्टराई र गायक खुमन अधिकारीको स्वर रहेको छ । गायक अधिकारीले नै लय संकलन गर्नुभएको छ ।
भूईपत्र हल्लाउँदै’ गीतको भिडियो समेत दर्शकले निकै रुचाएका छन् । अञ्जली अधिकारी र लोमस शर्माले अभिनय गरेको भिडियोले युट्युवमा राम्रै भ्युज कमाएको छ ।
यसअघि गायिका भट्टराईले बजारमा ल्याएको तिज कोशेली भगेरी चरीले पनि निकै सफलता हासिल गरेको थियो । गायिका भट्टराईका बालुमै, पाइ कमाउने, बुन्न नजानेर डोको भयो कोक्रोझै, सरर बतास, धुलो उडाउँछु, टेबुलमा ऐना छ, टक्क बरिलै, ठूली दिदी, छैनौ नी भरैको लगायत दर्जन बढी गीतहरु बजारमा आएका छन् ।