काठमाडौं – नेपालको समसामयिक परिस्थितीलाई शब्दमा चित्रण गरि लेखिएको देशभक्ति गीत ‘सरकार चाहियो’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यो भिडियोलाई संचारकर्मी तथा निर्देशक रामजी ज्ञवालीले निर्देशन गरेका छन् । गीतमा संगीतकार तथा गायक शिशिर योगीको शब्द संगीत समेटिएको छ भने सतिष चापागाईको शब्द रहेको छ ।
गीतको संगीत संयोजन बीबी अनुरागीले र मिक्सिन माष्टरिंग श्याम श्वेत रसालीले गरेका हुन् , भने प्रिज्मा रेकर्डिङमा गीत रेकर्ड भएको हो ।
मिलन श्रेष्ठले सम्पादन गरेको म्युजिक भिडियोमा बरिष्ठ कलाकारहरु सुरवीर पण्डित र रश्मी भट्टसँगै कलाकार जिवि चिरन लगायतको अभिनय रहेको छ ।
संकल्प भुजेल र अशोक थापाले खिचेको भिडियोलाई राम्रो इन्टरटेनमेन्टले निर्माण गरि बजारमा ल्याएकाे हाे ।