बुटवल-गीत संगीत क्षेत्रमा विभिन्न ३२ विश्व कीर्तिमानी सफल गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत कतिन्जेल सार्वजनिक भएको छ।
नरहरि प्रेमीको स्वर तथा संगित र राजु कार्किको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
माईकल भन्दको निर्देशन रहेको गितको भिडियोमा केशव र चन्दा न्यौपानेलाई फिचर्ड गरिएको छ। उत्सव दाहालको छायाँकान रहेको गीतको भिडियोमा शिलन लम्सालको संम्पादन रहेको छ।
डिआर म्युजिक एण्ड क्रियसन मार्फत भिडियो सार्वजनिक गरिएको छ। गायक तथा संगीतकार नरहरि प्रेमीले राम्रो शब्दलाई स्वर तथा संगित मार्फत उत्कृष्ट सिर्जना स्रोता दर्शक माझ ल्याएका छन्। गिनिज बुक फ वल्ड रेकड सहित डा. उपाध्यायले गित संगितका क्षेत्रमा विभिन्न ३२ विश्व रेकर्ड कायम गरेका छन्।
डा. उपाध्यायका गीत सबै वर्ग,पेशा र समुदायका लागि रहेका छन्। उनका २३ एल्वममा रहेका गितमा माया प्रेम, रोमान्स, विछोडका मात्र नभएर समाजका लागि लेखिएको गीत पनि रहेका छन्। उनका चाडबाडका गीत देखि लिएर छोरी बिदाई गर्दाका, गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बधी गीत, महिला प्रताडनसम्बन्धी गीत, मजदुर किसान भरिया सम्बधी गीत लगायत विभिन्न परिवेशका गीत रहेका छन्।