बुटवल-तीज आउनैलाग्यो। तीजका गीत पहिलेजस्तो क्यासेट, सिडीमा त आउँदैनन्। धमाधम युट्युबमा तीजका गीतहरु अपलोड भइरहेका छन्। युट्युबबाटै सार्वजनिक हुन्छन्।
अविरल फिल्म्सले तीजको गीत 'भुरुरु उडेको चरी' सार्वजनिक गरेको छ। देवी घर्ती र पुरुषोत्तम गैरेको स्वर रहेको गीतमा विमल पौडेलको शब्द रहेको छ। लय पनि गैरेकै हो।
विवाहित जोडीको मायाप्रेम समेटिएको गीतमा सुमन पौडेल, आश्विनी पाण्डे, परि शर्मा, विनोद पराजुली र साधना भण्डारीको अभिनय छ।
विष्णु भट्टराईको निर्देशन छायांकन तथा सम्पादन रहेको भिडियो बुटवलको बिगचेयर रिसोर्टमा छायांकन गरिएको छl सगुन शर्माको श्रृङ्गार, सुमन पौडेलको कोरियोग्राफी रहेको भिडियो अविरल फिल्म्सको युटुब च्यानलबाट सार्वजनिक गरिएको छl