रुपन्देही-रुपन्देहीमा मंगलबार फेरि १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै रुपन्देहीमा मंगलबार संक्रमित हुनेको संख्या ५० पुगेको छ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मंगलबार राती ९ बजेसम्म आएको रिपोर्टअनुसार बुटवलमा ९ जना, सिद्धार्थनगरमा ३ जना, सियारी गाउँपालिकामा ३ जना र देवदहका १ जनामा संक्रमण पुष्टि भएको हो।
राती ९ बजेसम्मको तथ्यांकअनुसार मंगलबार रुपन्देहीमा जम्मा संक्रमण पुष्टि हुनेको संख्या ५० पुगेको भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले लुम्बिनी टाइम्सलाई बताए।