बुटवल-स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको दैनिक अपडेटमा आइतबार रुपन्देहीमा १३ जना संक्रमित फेला परेको बतायो। तथ्यांकमा रुपन्देहीमा रहेको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको उल्लेख छ।
स्वास्थ्य मन्त्रालयले १३ जनाको रिपोर्ट पोजेटिभ आएको बताएपछि रुपन्देही क्षेत्रमा हल्ला मच्चियो-एकैदिन १३ जना संक्रमित फेला परे, अब अवस्था भयावह बन्नसक्छ।
कतिपयले बुटवल देवीनगर क्षेत्र, कालिकानगर क्षेत्र र अरु विभिन्न क्षेत्रका व्यक्ति रहेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरे। यसले एककिसिमको त्रास सिर्जना गर्यो।
तर स्वास्थ्य मन्त्रालयले भनेजस्तो रुपन्देहीमा आइतबार १३ जना संक्रमित देखा परेका हैनन्। यो शनिबारको तथ्यांक हो।
अर्को बुझ्नुपर्ने कुरा के हो भने प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षण मात्रै गरिएको हो। यी संक्रमित सबै रुपन्देहीका हैनन्।
'यो तथ्यांक शनिबारको हो, आइतबारको हैन,-प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा राजेन्द्र गिरीले लुम्बिनी टाइम्ससँग भने-यो हिजो शनिबारको रिपोर्ट हो, स्वास्थ्य मन्त्रालयले प्रत्येक दिन ४ बजे प्रेस ब्रिफिङ गर्छ, त्यसमा २ बजेसम्मका तथ्यांकहरु मात्रै समावेश गरिने रहेछन्, त्यसैले हिजो शनिबारका तथ्यांकहरु आइतबारकोमा थपिएको देखिएका हुन्।'
उनले १३ जनामध्ये कपिलवस्तुका संक्रमित र केही क्वारेन्टिनमा बसेकाहरुको रिपोर्ट भएको प्रष्ट पारे।
प्रदेशमा आउने तथ्यांक र स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्ने तथ्यांक धेरै अघिदेखि फरक पर्दै आएको छ।
यो पनि