कोरोना भाइरस (सार्स कोभ २) महामारीका कारण गत ७ महिनादेखि संसार नै ठप्प छ ।
यस भाइरसको संक्रमणले हुने भनिएको रोग कोभिड १९ ले आजको दिनसम्म विश्वमा साढे १२ लाख मानिसहरुको र नेपालमा एक हजार भन्दा बढीको ज्यान गएको छ । तर यसरी मर्नेहरु सबै कोरोना भाइरसकै कारण मरेका भने होइनन् ।
कोरोना भाइरस महामारीले सिर्जना भएको वा सिर्जना गराइएको डर, त्रास र आतंकको वातावरणले पनि कोरोना भाइरसको संक्रमणले यति विघ्न गम्भिर अवस्थाको सिर्जना भएको हो ।
अहिले जनमानसमा एकातिर कोरोना भाइरसको डरलाग्दो मनोवैज्ञानिक प्रभाव छ भने कोभिड १९ का बिरामीहरुको मस्तिष्कमा पर्न गएको र पर्न सक्ने कोभिड १९ असरले थप चुनौती थपिएको छ ।
यस आलेखमा मैले (मैरी पासिंस्कीले) यसको न्युरोलोजिकल प्रभाव र मैले (ओम बानियाँले) यसको मनोवैज्ञानिक प्रभावका वारेमा प्रकाश पार्ने जमर्को गरेका छौं।
मेरो लागि (डा. मैरी पासिंस्कीका लागि) यो वर्ष मेरो मेडिकल जीवनको सबै भन्दा अर्थपूर्ण र चुनौतीपूर्ण अनुभव रह्यो ।
जव गएको वसन्त ऋतमा अमेरिकाको उत्तर पूर्वमा कोरोना भाइरसको महामारी बढ्यो, मैसाचुसेट्स जनरल हस्पिटल(एमजीएच)मा श्वासप्रश्वास सम्बन्धि समस्याहरु लिएर आउने विरामीहरुको ठूलो बाढी नै आयो ।
ती मध्ये कतिपयमा नक्कली कोभिड १९ को समस्या थियो । डरत्रास कारण मानिसहरुमा यस्तो मनोवैज्ञानिक समस्या देखिएको थियो । यस्तो समस्या नेपाल जस्ता देशहरुमा झनै बढी छ ।
उचित सूचनाको अभाव, समाजिक संजाल र मिडियाहरु आउने अफवाह र तथ्यहीन सूचनाहरुको कारण जनमानसमा यस्तो मनोवैज्ञानिक प्रभाव देखा परेको हो ।
मैले (ओम) नेपालमा यस किसिमका मनोवैज्ञानिक समस्या थुप्रै मानिसहरुमा देखेको छु ।
कतिपय यस्ता व्यक्तिहरु सामान्य परामर्शबाट नै ठीक भएका छन् भने कतिपयले त पटक पटक कोरोना टेस्ट समेत गराएका छन् ।
वास्तवमा कोभिड १९ को शारीरिक भन्दा पनि मनोवैज्ञानिक असर निकै डरलाग्दो छ ।
यो एक किसिमले मनोवैज्ञानिक यूद्ध पनि हो । कोभिड १९ को मनोवैज्ञानिक प्रभावलाई व्यावस्थापन गर्न म (डा. मैरी) लगायतका स्नायुवैज्ञानिकहरुलाई डरत्रासले मैसाचुसेट्स जनरल हस्पिटलमा आउने बिरामीहरुको सेवाको लागि खटाइयो ।
केही दिन अघि मात्र मेरी (मैरीकी) एक सहकर्मीलाई उनको १० महिनाको छोरीलाई कोरोना संक्रमित हुने डरले भयभित बनाइरहेको थियो ।
उनीसँगको कुराकानीको दौरानमा करिअर र प्यारेन्टिंग जिम्मेवारीहरू सम्हाल्ने क्रम एक जवान आमाको रूपमा मलाई (मैरीलाई) अतितमा पुरायो, विगतमा सामना गर्नु परेका तनावहरुको सम्झना गरायो ।
तर मेरा (मैरीका) दुई छोराहरू अहिले वयस्क भइसकेकाले मलाई (मैरीलाई) आफ्नै डर भए पनि स्वयंसेवा गर्नु उनको दायित्व हो भन्ने मलाई (मैरीलाई) थाहा थियो ।
कोभिड १९ का विरामीहरुको सेवा खटिदा प्रख्यात मनोचिकित्सकहरुको ज्ञान बाँड्दै डा. एलिजाबेथ कुब्लर रासले मलाई (मैरीलाई) डर हटाउन दिएको मनोवैज्ञानिक फर्मुला निकै उपयोगी रह्यो ।
एलिजाबेथले भनेकी थिइन, ‘केवल दुई भावनाहरु छन्ः डर र प्रेम । जब हामी डरमा हुन्छौं, हामी प्रेमको ठाउँमा हुँदैनौं । जब हामी प्रेमको ठाउँमा हुन्छौं, हामी डरको ठाउँमा हुन सक्दैनौं ।’
प्रेममा केन्द्रित भएर काम गर्दा मलाई (मैरीलाई) नयाँ साहस सृजना गर्न सहयोग मिल्यो । यस दौरान मलाई (मैरी) एमजीएच चेल्सी स्वास्थ्य सेवा केन्द्रमा सेवा दिन पर्ने भयो ।
चेल्सी शहरका जनसमुदायको माँझ मैले (मैरी) करीव ३० बर्षदेखि काम गर्दै आएकी थिएँ । चेल्सी शहर मुख्यतया आय स्रोत कम भएका आप्रवासी जनसंख्या भएको शहर हो ।
अत्याधिक भीडभाड र हरेक घरहरुमा थुप्रै मानिसहरूको बसाइले गर्दा घरमा क्वारेन्टीनको संभावना थिइन । हेर्दा हेर्दै कोरोना भाइरस संक्रमण जंगलको आगोझैं फैलियो । र, यो शहर कोभिड १९ केन्द्र बन्न पुग्यो ।
सायद, संघीय अध्यागमनको कडा नियमका कारण कोभिड १९ का अधिकांश विरामीहरु पनि उपचारका लागि अस्पताल जान डराइरहेका थिए ।
अधिकांश बिरामीहरूले निकै ढिलो चिकित्सा सेवा लिन आए, जसलाई सास फेर्न अत्याधिक कठिनाइ भैरहेको थियो, उच्च ज्वरो र अक्सीजनको स्तर निकै कम थियो ।
हाम्रो लागि खास गरी स्मरण शक्ति गुमाएका र डिमेन्सियाका बिरामीहरुका लागि हेरचाह गर्नु विशेष चुनौतीपूर्ण थियो ।
यस्ता बिरामीहरु मनोवैज्ञानिकरुपमा पनि निकै भयभित थिए ।
एकदमै नौलो वातावरणमा, यत्रतत्र मास्कले ढाकिएका अनुहारहरू, त्यहीँमाथि प्राणघातक रोग र एक्लो हुनुको डरत्रासको कल्पना गर्नहोस् त ? त्यसमाथि गैरअंग्रेजी भाषी भएकाले बिरामीहरुको समस्या झनै बढ्यो ।
हिप्पोक्रेट्सले एक पटक भनेका थिए, “जहाँ चिकित्सा कलालाई प्रेम गरिन्छ, त्यहाँ मानवताको प्रेम पनि हुन्छ ।“ बिरामीहरूलाई प्रेमपूर्ण विशेषज्ञ सेवा प्रदान गर्नु मेरो (मैरी) मेडिकल टिमको प्रयास थियो । नर्सहरू र दोभाषेदेखि लिएर सामाजिक कार्यकर्ताहरू र प्रशासनिक कर्मचारीहरू सबै जना शुभभावनाको साथ सेवामा खटिएका थियौं ।
यस दौरानमा हामीले अवर्णनीय सौहार्दको अनुभव गर्यौ । आपसमा र हाम्रा बिरामीहरूसँग मानवीयता साझा गर्रौ । म (मैरी) यस महत्वपूर्ण प्रयासको एक हिस्सा हुन पाएकोमा गर्वान्वित भएकी छु ।
आमधारणा विपरित कोभिड १९ को संक्रमण सिर्फ फोक्सोमा मात्र सीमित छैन । यो एक प्रणालीगत बिमारी हो, जसले मस्तिष्क सहित व्यापकरुपमा अन्य अंग प्रणालीहरूलाई असर गर्दछ ।
४० देखि ६० प्रतिशत कोभिड १९ विरामीहरुमा न्यूरोलोजिकल लक्षणहरू देखिने सम्भावना छ । यसमा टाउको दुखाइ, गन्ध र स्वाद गुमाउनु, कमजोरी, सुन्नता, चक्कर, शरीर असंतुलन, दौरा, स्ट्रोक, थरथर काँप्ने, भ्रम र प्रलोभन समावेश छन् । यसका अतिरिक्त गहन थकान, चिन्ता, र डिप्रेसन जस्ता न्यूरोसाइकट्रिक लक्षणहरू पनि आम छन् ।
कोभिड १९ संक्रमण भएका अधिकांश व्यक्तिहरूमा यस्ता लक्षणहरुबाट केही हप्तामा मुक्त हुन्छन्, जवकी कतिपयले लगातार यस्ता लक्षणहरू अनुभव गर्दछन् । यो अवस्थालाई ‘लामो कोभिड (लंग कोभिड)’ भनिन्छ ।
लामो कोभिडका लक्षणहरू व्यक्ति व्यक्तिमा फरक हुन्छन् र माथि उल्लेखित न्यूरोलोजिकल लक्षणहरूमध्ये कुनै पनि लक्षणहरु समावेश हुन सक्छन् ।
लामो कोभिड गम्भीररुपमा बिरामी भएका बिरामीहरूमा मात्र सीमित हुँदैन, यो अस्पतालमा भर्ना हुनु नपर्ने खालका हल्का बिरामीहरूमा पनि देखा पर्न सक्दछ ।
कोभिड १९ मा देखिने सबै भन्दा सामान्य न्युरोलोजिकल लक्षणहरु मध्ये एक हो, ब्रेन फग (मस्तिष्क कुहिरो लागे जस्तो हुनु) ।
यो लक्षण हल्का र गम्भीर रोग लागेका युवा र वृद्धहरू, दुवैमा देखा पर्दछ ।
यस्ता बिरामीहरूले केही महिना पछि पनि एकाग्रता कम भएको, शब्द फेला पार्ने कठिनाइ र मेमोरी गुमाएको रिपोर्ट गर्छन् ।
गम्भीर लक्षण भएका यस्ता व्यक्ति काममा फर्कन, स्वतन्त्र रूपमा बाँच्न, वा आफ्नो सामान्य जीवन सुरु गर्न असमर्थ हुन सक्छन् ।
हाम्रो क्लिनिकमा भर्खर एक २८ बर्षे व्यक्तिको परीक्षण भयो, जसले आफ्नो अल्पकालीन स्मरण शक्ति गुमाएको कारण उनी पुनः काम फर्किन सकेका थिएनन् ।
कोविड १९ को संक्रमण भन्दा पहिले हल्का संज्ञानात्मक कमजोरी वा डिमेन्सिया पीडित मानिसहरूमा स्मरण शक्ति तथा व्यवहार परिवर्तनहरूको गिरावट देखिनु असामान्य होइन ।
चिन्ताको विषय के भने ताजा अनुसन्धानले समेत भनेको छ कि कोभिड १९ संक्रमण अल्जाइमर जस्ता न्यूरोडोजेनेरेटिभ रोगहरूको लागि निकै खतरनाक हुन सक्दछ ।
कोभिड १९ को विश्वव्यापी संक्रमणलाई हेर्ने हो भने यसले मस्तिष्क स्वास्थ्यमा पार्न सक्ने सम्भावित विनाशकारी प्रभाव निकै डरलाग्दो छ ।
त्यसो त यस नयाँ रोगका वारेमा बुझ्न अत्याधुनिक अनुसन्धानको खाँचो छ र कोभिड १९ का कारण विश्वव्यापीरुपमा फैलिएको मस्तिष्क स्वास्थ्य संकटलाई विफल पार्न अत्यावश्यक छ ।
यस आवश्यकतालाई पूरा गर्न, एमजीएचको हेनरी एण्ड एलिसन म्याकान्स सेन्टर फर ब्रेन हेल्थले कोभिड १९ बाट बाँचेकाहरूका लागि मस्तिष्क स्वास्थ्य क्लिनिक सुरू गरेको छ ।
यस क्लिनिकको उद्देश्य कोभिड १९ सम्बन्धित न्यरोलोजिकल तथा साइकोलोजिक लक्षण भएका विरामीहरूको लागि हेरचाह र उपचार सेवा प्रदान गर्ने हो । हाम्रो लक्ष्य कोभिड १९ बाट स्नायु प्रणालीलाई बचाउन नयाँ उपचार र थेरापिहरू विकास गर्ने र मस्तिष्क स्वास्थ्य अधिकतम बनाउने हो ।
यहाँ उल्लेखनिय कुरा भने मस्तिष्क स्वास्थ्य घनिष्ठरुपमा शारीरिक र मनोवैज्ञानिक स्वास्थ्यसंग जोडिएको छ । महामारीको सुरु भएदेखि हामी सबैलाई कल्पना नगरेको तनाव झेल्यौ र सामान्य मानिने अनेक गतिविधिहरूमा सामेल हुन असमर्थ भयौं ।
नेपालमा पनि ठाउँ ठाउँमा यस किसिको स्वास्थ्य क्लिनिकहरु आरम्भ गर्न पर्ने टडकारो आवश्यकता देखिन्छ ।
यसले तत्कालका लागि जनमानसमा छाएको डरत्रासको आतंक घटाउन र कोभिड १९ का विरामीहरुमा देखा पर्न सक्ने न्यरोलोजिकल तथा साइकोलोजिक समस्याहरु न्यनिकरण गर्न सहयोग गर्ने छ ।
अन्तमाः आउने दिनहरुमा संभावित कठिनाइहरुबाट बच्न र आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्य मजबुत बनाउन र आउने महिनाहरूमा थप सावधानी र आफ्नो जीवनशैली परिवर्तनको खाँचो छ ।
यसका लागि नियमित स्वास्थ्य परीक्षण गर्ने तथा फ्लूबाट जोगिने । अफवाह पछि नलाग्ने । मन शान्त र सकारात्मक राख्ने । कोठा भित्र भन्दा बाहिर प्रकृतिसँग रमाउने ।
अध्ययनहरूका अनुसार प्रकृतिसँग बिताउने हो भने शरीरमा कोर्टिसोल स्तर कम हन्छ र शरीरको प्रतिरक्षा प्रणाली बढ्छ । योग, ध्यान तथा ब्यायाम गर्ने, मस्तिष्कलाई प्रयोगमा ल्याउने ।
सधैँ सन्तुलित आहार लिने, प्रशस्त मात्रामा भिटामिन सि सेवन गर्ने । स्वस्थ जीवनशैली अपनाउने ।
यदि आहार तथा सूर्यबाट पर्याप्त हुने भिटामिन डि प्राप्त भएको छैन भने भिटामिन डि ३ लिने । त्यो किनभने कोभिड १९ मा भिटामिन डिको महत्वपुर्ण भुमिका देखिएको छ ।
प्रतिरक्षा प्रणाली बढाउन प्रशस्त आराम गर्ने । यदि निद्रा ठीक छैन भने चिकित्सा सल्लाह लिने । फोन, भिडियो कल, सोशल मिडिया तथा ईमेल मार्फत साथीहरू र प्रियजनहरूसँग सम्पर्कमा रहिरहने ।
यद्यपि सुरक्षित रूपमा मास्क लगाइ ६ फिटको शारीरिक दूरी कायम गरि पार्कमा घुम्न र रमाइन पनि सकिन्छ । यदि उदासी, चिन्ता वा अत्याधिक तनावको महसुस भयो भने मनोचिकित्सकलाई सम्पर्क गर्ने ।
मानसिक स्वास्थ्य सम्बन्धित संस्थाहरुबाट अनलाइन निशुल्क परामर्श पनि लिन सकिन्छ ।
ढिलोचाँडो हामी यस माहामारीलाई जित्ने छौ, अवश्य जित्ने छौं ।
आशा र विश्वास गरौं, फेरि संसार आफ्नो ठाउँमा नौलो तरिकाले फर्किने छ ।
(डा. मैरी प्यासिंस्की हार्वड स्नायुवैज्ञानिक हुन् तथा डा. ओम बानियाँ साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)