बुटवल-बुटवलबाट नुवाकोट सञ्चालन गर्न लागिएको केबलकारको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिलन्यास गरेका छन्। आइतबार बुटवल मावि माथी देउराली डाँडामा आयोजित कार्यक्रममा मन्त्री पौडेलले केबलकारको सिलन्यास गरेका हुन्। ऐतिहासीक तथा धार्मिक स्थल नुवाकोट गढीमा सिद्धार्थ केबलकार प्रालीले केबलकार सञ्चालनको प्रक्रिया अघि बढाएको हो।
प्रालीले यस अघि नै सरकारबाट बन क्षेत्र उपयोग गर्ने स्वीकृती लिएर केही काम अगाडि बढाइसकेको छ। अबको १८ महिना भित्र केबलकार सञ्चालनमा ल्याउने योजना रहेको सिद्धार्थ केबलकार प्रालीका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिए। २ किलोमिटर लम्बाइको केबलकार निर्माण गर्न ८० करोडको लागत अनुमान गरिएको उनले बताए। सिद्धार्थ केबलकार प्रालीमा यस ५० जनाको लगानी रहेको छ।
सिद्धार्थ केबलकार प्रालीले २०६८ सालमा केबलकार निर्माणको अभियान अगाडि बढाएको थियो। केबलकार सञ्चालनको लागि २०७५ साल साउनमा ३ दसमलव ९८ हेक्टर र २०७६ फागुनमा २ दसमलब ११८ हेक्टर बन क्षेत्र ३० वर्षको लागि प्रालीलाई भोगचलान गर्न मन्त्रीपरिषद बैठकले स्वीकृती दिएको थियो।
निर्माण पछि केबलकारमा २५ वटा डब्बा रहने र बुटवलको देउराली डाँडाबाट नुवाकोट ८ मिनेटमा पुग्न सकिने अध्यक्ष गुरुङले जानकारी दिए। सञ्चालनमा आएपछि दैनिक पर्यटकले केबलकारको उपयोग गर्ने प्रालीको अपेक्षा छ।