बुटवल- रुपन्देहीको बेलबास–बेथरी सडक अन्तर्गत १० किलोमिटर जती दुबै तर्फ कालोपत्रे भएको छ। करिब २२ किलोमिटर लम्बाइको सडक मध्ये अमुवाबाट बेथरी तर्फको १० किलोमिटर जति दुबै तर्फ कालोपत्रे भएको हो।
कालोपत्रे गरिएको सडक किनारमा ढलान गरेर साइकिल लेन समेत बनाइएको छ। फुटपाथ भने तयार भइसकेको छैन। फुटपाथमा ब्लक राख्ने काम बाँकी रहेको सडक डिभिजन शिवपुरका प्रमुख रामकुमार देवले बताए। बेलबास बेथरी सडकको दक्षिण तर्फको दुईवटा प्याकेजमा ८० प्रतिसत प्रगती भएको उनले बताए।
दक्षिण तर्फ सडक विस्तार कार्य अघि बढेपनि बेलवास तर्फको काम भने सुस्त छ। बेलवासतिरको प्याकेजमा ४० प्रतिसत मात्र प्रगति भएको देवले बताए। उनले उत्तरतर्फ कालोपत्रे गर्ने तयारी भइरहेको जानकारी दिँदै २०७८ असार मसान्त सम्म बेलबास बेथरी सडक निर्माणको काम सक्ने लक्ष्य रहेको बताए।
विचमा नहर दुबै तर्फ सात-सात मिटरको डबल लेन सडक, साइकिलले न र फूटपाथ सहितको नमुना सडक बनाउन लागीएको हो। २०७६ साउनमा निर्माण सक्ने गरी २०७३ असारमा सडक निर्माणको ठेक्का सम्झौता भएको थियो। गत मंसिरमा दोस्रोपटक म्याद थप भएर सडक निर्माण भइरहेको छ।