बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल चौंथोपटक विजयी हुनुभएको छ ।
एमाले उपाध्यक्ष पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १३ सय ६६ मतले पराजित गर्नभयो
अन्तिम मत परीणाम अनुसार एमाले उम्मेदवार पौडेलले २७ हजार १ सय ४८ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र पार्टीका उम्मेदवार पौडलले २५ हजार ७ सय ८२ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिनुभयो ।
सत्ता गठबन्धन दलको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सुर्यवंशीले २२ हजार १० मत प्राप्त गर्नुभएको छ । एक लाख २६ हजार आठ सय सात मतदाता रहेको यस क्षेत्रमा ८० हजार ६ सय ५१ मत खसेको थियो । बदर मत ३१ सय ९३ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
विष्णु पौडेलको राजनीतिक यात्रा
२०१६ मा स्याङ्जाको पुतलीबजारमा पिता देविलाल र रेवती पौडेलका छोराका रुपमा २०३३ सालतिर कलेज पढ्न भिनाजु गोपीरमण उपाध्यायको घरमा आउनु भएको थियो । उपाध्यायको घरमा तत्कालीन समन्वय केन्द्र र मुक्ति मोर्चाको बैठक हुन्थ्यो ।
जेलब्रेक गरेर भुमिगत हुदै उपाध्यायको घरमा पुगेका प्रदिप नेपालले बुर्जुवा शिक्षा बहिस्कार गरेर राजनीतिमा आउनु पर्छ भनेपछि १७ बर्षीय पौडेल पढाइ छाडेर कम्युनिष्ट आन्दोलनमा होमिनुभएको थियो ।
माक्र्सबादी दर्शनका ज्ञाता भिनाजु गोपीरमणको प्रेरणा र प्रदिप नेपालको सुझावले बुर्जुवा शिक्षा बहिस्कार गरेका पौडेल नेपाली कम्युनिष्ट आन्दोलनको दोश्रो पुस्तामा निर्विकल्प नेता बनेर उदाउनुभयो ।
लामो समय लुम्विनी अन्चलका बिभिन्न जिल्लामा भुमिगत भएर काम गरेका पौडेलले २०३७ सालमा मोदनाथ प्रश्रीतहरु संगै भैरहवा जेलब्रेक गर्नुभएको थियो ।
२०३५ देखि २०४६ सम्मको भूमिगत राजनीतिक जीवनमा कैलाश, पवन, जयन्त, कपिल, उमेश, दिव्य, ध्रुव आदि छद्म नामको प्रयोग गरेर रुपन्देही नवलपरासी पाल्पा अर्घाखांची र गुल्मीमा पार्टीको काममा सक्रिय रहनुभयो ।
२०४६ सालमा बहुदलिय व्यवस्था स्थापनापछि तत्कालीन नेकपा मालेले विष्णु पौडेललाई राष्ट्रिय परिषद् सदस्य बनाएर महाकाली अञ्चल इन्चार्जको जिम्मेवारी दिएको थियो ।
२०४७ सालमा नेकपा माले र माक्र्सबादीपार्टि बिच एकिकरण भएर नेकपा एमाले बनेपछि पौडेल तत्कालिन एमालेको केन्द्रीय सदस्य हुनु भएको थियो ।
२०५१ सालमा एमालेले अल्पमतको सरकार बनाउदा उपप्रधानमन्त्री भएर माधव नेपाल सरकारमा गएपछि वामदेव गौतमलाई उपमहासचिव बनाएर पार्टि सन्चालनको जिम्मेवारी दियो ।
गौतम उपमहासचिव भएपछि रिक्त भएको संगठन विभाग प्रमुखको जिम्मेवारीे विष्णु पौडेले पाउनुभएको थियो । पहिलो पटक ०५१ सालको संसदीय चुनावमा पाल्पा क्षेत्र नम्बर ३ बाट लडेका पौडेलले चुनाव जित्नुभएको थियो । त्यो सरकार ९ महिनामा ढल्यो । पौडेलको राजनीति उचाइ बढाउदै लैजानुभयो । ०५४ सालमा बामदेव नेतृत्वमा बनेको सरकारमा युवा तथा खेलकुद मन्त्री हुनुभए ।
महाकाली सन्धि पारित गर्ने कि नगर्ने भन्ने विवाद तीब्र भयो । त्यसबेला पौडेलले आफुलाई महाकाली सन्धिको विपक्षमा उभ्याउनुभयो । तर उहांँको मत बिपरित महाकालि सन्धि एमालेले बहुमतले पास गरेको थियो ।
२०५१ सालमा पाल्पाबाट निर्वाचन जितेका पौडेललाई ०५६ को संसदीय निर्वाचनमा एमालेले रूपन्देही–३ बाट उठायो तर कांग्रेसका सूर्यप्रसाद प्रधानसँग करिब ६ सय मतान्तरले पराजित हुनुभयो ।
पौडेल निर्वाचन हारेपनि रुपन्देहीका मतदातासंग नजिकिएर काम गर्न थाल्नुभयो जसका कारण ०६४ सालको पहिलो संविधानसभा चुनावमा सोही क्षेत्रबाट निर्वाचित हुनुभयो । २०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री बन्नुभयो । भने तत्कालीन पार्टि अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री बन्नुभयो ।
०७० सालको दोस्रो संविधानसभा चुनावमा उहाँले रुपन्देहीबाट पुर्व प्रधानमन्त्री तथा त्यसवेलाका प्रभावशाली माओवादी नेता बाबुराम भट्टराईलाई हराएपछि चर्चाको शिखरमा पुग्नुभयो । पौडेलको कार्य कुसलता प्रर्दशन गर्न सफल पौडेल प्रभावित भएर २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री बन्न पुग्नुभयो । जुन नेपाली राजनितीक ईतिहासमा सबैभन्दा सफल अर्थमन्त्रीको रुपमा आफुलाई उभ्याउन सफल हुनुभयो ।
०७४ रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित एमाले उपमहासचिव पौडेलले कांगेसका युवराज गिरीलाई २२ हजार ६३ मतान्तरले पराजित गदै त्यस क्षेत्रबाट लगातार तेस्रो जित हासिल गरेका गर्नुभएको थियो ।
नेकपा एमालेका तत्कालीन उपमहासचिव रहेका पौडेल २०७५ साल ३ जेठमा एकीकृत भएका पूर्व एमाले र माओवादी केन्द्रको सचिवालय गठनसँगै महासचिवमा जिम्मेवारी पाउनुभयो ।
पार्टीभित्रै ओली, प्रचण्ड, नेपाल र गौतमबीच एकता गराउने सूत्रधार पनि पौडेललाई मानिन्छ । त्यसैको पुर्व एमाले र पुर्व माओवादीलाई मिलाउन सक्ने सन्तुलित क्षमता वुझेर दुवै अध्यक्षको रोजाइमा नेकपाको महासचिव जस्तो जिम्मेबारी पाउनुभएको थियो ।
नेकपाभित्र कम वोल्ने र सामाजिक सञ्जालमा कमै प्रतिक्रिया दिने नेतामा पौडेल पर्नुहुन्छ । पार्टिलाई संकट पर्दा त्यसलाई निराकरण गर्नतिर लाग्ने उहांँलाई पार्टी भित्र कुन नेतामा कति क्षमता छ, अनि त्यसलाई उपयोग गरेर कसरी अगाडि वढन सकिन्छ भन्ने राम्रो ज्ञान भएको एमाले नेताहरु बताउनुहुन्छ ।