काठमाडौँ – पछिल्लो १० वर्षमा नेपालको जनसंख्या नेपालको जनसंख्या वृद्धिदर घटेको छ। केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।
जसमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ।
यस भन्दा अघिल्लो पल्टको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।
यो पल्ट अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । अघिल्लो पटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर रहेकोमा यसपटक ०.९३ प्रतिशत वृद्धिदर भएको विभागले जनाएको छ।
विभागका अनुसार जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर रहेको छ। यस्तै विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ रहेको छ ।