बुटवल- रुपन्देहीबाट भोलीदेखि नियमित रुपमा देशभर सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । नेपाल सरकारले लामो तथा मध्यम दुरीका सवारी पनि सञ्चालन गर्ने निर्णय गरेसँगै बुटवलको बसपार्कबाट भोलिदेखी नियमित रुपमा देशभर बसहरु छुट्ने भएका हुन् । ‘हामीलाई हिजो अबेर मात्र सुचना आयो। आज आन्तरिक व्यवस्था मिलाउन प¥यो।’ पश्चिम नेपाल बस व्यवसायी प्रालीका सञ्चालक चेतनारायण बेलबासेले भने ‘भोलिबाट बैशाख १६ अघि जस्तै गाडीहरु सञ्चालन हुन्छ।’
कोरोनाको तिब्र संक्रमणका कारण बैशाख १६ गतेदेखी निषेधाज्ञा लागू भएको थियो । निषेधाज्ञाका कारण २ महिना पूर्ण रुपमा बन्द भएका सार्वजनिक सवारी असार २१ गतेबाट जिल्ला भित्र मात्र सञ्चालन हुन पाउने गरि खुला गरिएको थियो।
जिल्लाभित्रको लागि मात्र सार्वजनिक सवारी खुल्ला गरेको भएपनि लामो दुरीमा पनि फाट्ट फूट्ट गाडीहरु चलेका थिए। एक हप्ता यता यात्रुको संख्या अनुसार अनियमित रुपमा बुटवलबा काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा बसहरु छुटेका थिए।
भोलीबाट भने सरकारको निर्णय अनुसार नियमित रुपमै गाडीहरु चल्ने छन््। तर कोरोना संक्रमणको त्रासको कारण यात्रा गर्नेहरुको संख्या निकै कम छ । यात्रुहरु कम भएमा गाडीहरु पनि कम चल्न सक्ने पश्चिम नेपाल बस व्यवसायी प्रालिका अर्का सञ्चालक जिवन बन्जाडे बताउँछन्। ‘यात्रुहरु छैनन्, यात्रुहरु नहुँदा पहिले जस्तो धेरै गाडी नचल्लान। यात्रुको आवश्यकता नियमित रुपमा गाडी चल्न सुरु हुन्छ।’ उनले भने ।