बाँके - बाँकेका पौडी खेल्ने क्रममा डुबेर ३ जना किशोरको मृत्यु भएको छ । कोहरपुरमा रहेको डडुवा खोलामा पौडी खेल्ने क्रममा नेपालगञ्जका ३ जना डुबेको प्रहरीले जनाएको छ।
बुधबार दिउसो पौडी खेल्ने क्रममा नेपालगञ्ज उप–महानगरपालिका ११ का १८ वर्षिय राशिद जसगढ, सोही ठाउँका १७ वर्षिए अरमान जसगढ र १६ वर्षिय आरिफ जसगढ बेपत्ता भएका थिए। खोज तलासका क्रममा उनीहरु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता मधुसुदन न्यौपानेले बताए।