बुटवल । सार्वजनिक यातायातको भाडा २० देखि २८ प्रतिसतसम्म बढेको छ । बढेको भाडादर दुई वा दुई भन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक लागु हुने छ ।
अघिल्लो सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको असार २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट कायम गरिएको नयाँ भाडादर यातायात व्यवस्था विभागले सार्वजनिक गरेको छ। बढेको भाडा अनुसार अब बुटवलबाट काठमाडौँ को भाडादर अब ६ सय ५१ रुपैया भएको छ । यसअघि ५ सय १९ रुपैया थियो ।
त्यसैगरी भैरहवाबाट काठमाडौँको लागि ७ सय ४ रुपैया भाडा तिर्नुपर्ने छ । यस अघि ५ सय ६१ रुपैयाँ रहेको थियो ।
बुटवल- नेपालगञ्जको लागि ६३६, भैरहवा- नेपालगञ्जका लागि ६८७, बुटवल-पोखराबा लागि ५०२ रुपैयाँ तोकिएको छ ।
परिवर्तित भाडादर अनुसार पोखरा-भैरहवा-सुनौलीको ५६६, बुटवल-गुलरियाको ६६८, बुटवल-नारायणगढको २८४, बुटवल-सुर्खेतको ८९० र बुटवल- काकडभित्ता को १४७० रुपैयाँ तोकिएको छ ।
त्यस्तै भैरहवा स्याङजा हुँदै बाग्लुङ ७९८, तम्घासबाट काठमाडौँ १०५४ र तानसेनबाट काठमाडौँ ७७१ रुपैयाँ भाडादर कायम भएको छ ।