बुटवल । लगातारको बर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल– तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा एक दर्जनभन्दा धेरै स्थानमा पहिरो खसेको दोभान प्रहरीले जनाएको छ ।
शनिबार विहान देखि परेको पानीका कारण छहरा, कदमबास, हेडबक्सलगायतका स्थानमा साना ठूला पहिरोहरु खसेका छन् ।
प्रहरीका अनुसार पहिरो हटाउने प्रयास थलिएको भएपनि लेदोसहित ढुङ्गाहरु खस्ने क्रम नरोकिएकाले समस्या भएको छ ।
प्रहरी चौकीका प्रमुख सोमबहादुर सारुका अनुसार सडक अवरुद्ध भएपछि सडकमा आवतजावत पूर्ण रुपमा रोकिएको छ ।