बुटवल । गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधन भएको छ ।
७४ वर्षीय थापाको बिहीबार आज बिहान काठमाडौंमा निधन भएको हो ।
लामो समयदेखि ब्लड क्यान्सरकार बिरामी रहेका अध्यक्षलाई १० दिनअघि अस्पताल भर्ना गरिएको थियो । थापाको उपचारको क्रममा निधन भएको गाउँपालिकाका उपाध्यक्ष मीना भण्डारीले बताएकी छिन् । थापाका चार छोरा रहेका छन् ।