बुटवल । रुपन्देहीमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिले सार्वजनिक तथा निजी सवारी सञ्चालनमा लागु गरेको जोर-विजोर प्रणाली हटाउन सक्ने देखिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज दिउँसो १ बजे बस्नै बैठकले जोर-विजोर प्रणालीबारे निर्णय गर्ने कार्यालयका सूचना अधिकारी जनक थापाले जानकारी दिए ।
‘कोभिडको अहिले जोखिम केही कम देखिएकाले मापदण्ड अपनाउँदै सवारी सञ्चालन गर्न दिने भन्ने कुराहरु आएको छ । सबै सरोकारवालाहरुसँग बसेर समितिले जोर-विजोर प्रणालीबारे एकछिनमा छलफल गर्दै छ,' उनले भने ।
गत बैशाख १६ गतेदेखि जारी निशेषाज्ञालाई खुकुलो गरी समितिले असार १६ गतेदेखि जिल्लामा सबै प्रकारका सवारीलाई जोर-विजोर प्रणालीमा चल्न दिने निर्णय गरेको थियो ।
पछिल्लो पटक थप गरिएको निशेधाज्ञा आजबाट सकिने भएकाले भोलीबाट कस्तो स्वरुपको निशेधाज्ञा हुने भनेर छलफल गर्न समितिको बैठक बस्ने भएको हो । दोस्रो लहरपछि जिल्लामा फेरी सक्रिय संक्रमित बढ्दै गएकाले निशेधाज्ञा पूर्णरुपमा भने हटाइने छैन ।