बुटवल । पाल्पामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । आज साँझ ८:४५ मा पाल्पाको रम्भा गाउँपालिका वडा नं ३ मा सिता पहाडममा पहिरो गएका कारण पाल्पा-पोखरा सडकमा यातायात अवरुद्ध भएको प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।
राजमार्गमा माथिबाट ढुङ्गा सहित सुक्खा पहिरो झरेका कारण सडकमा पूर्णरुपमा अबरोध भएको छ । प्रहरीले पहिरो नहटाउँदासम्मका लागि हिडडुल तथा यात्रा नगर्न आग्रह गरेको छ ।