पोखरा-विपक्षी नेकपा एमालेका सांसदले प्रदेश सभामा कुर्सी तोडफोड गर्दै गरेको विरोधका बीच गण्डकी प्रदेशको बजेट पारित गरिएको छ । बजेट पास हुन लागेपछि एमाले सांसदहरुले टेबल उठाएर फालेका थिए।
बिहान ११ बजे शुरु भएको प्रदेश सभाको बैठक मुख्यमन्त्रीको जवाफ माग्दै एमालेले अवरोध गरेको थियो। साँझ ४ बजे पुनः बसेको बैठकमा फेरि एमालेले संसद अवरुद्ध गर्ने प्रयास गरेपनि सभामुख नेत्रनाथ अधिकारीले बैठकलाई अघि बढाएपछि एमाले सांसदहरु आक्रोशित भएका हुन्।
एमाले सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गर्न थालेपछि मर्यादा पालकहरुले रोकेका थिए । त्यसक्रममा एमालेका केही सांसदले सभाका टेबल उचालेर फालेका थिए । सांसदहरु तोडफोडमै उत्रिएपछि पनि सभामुख अधिकारीले बैठक अघि बढाउँदै आर्थिक वर्ष २०७८-७९ को बजेट निर्णयार्थ पेश गराएका थिए। बजेट बहुमतले पारित भएको छ।