काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा बुधबारदेखि पेट्रोल पम्पहरू बन्द गर्ने पाँच विद्यार्थी संगठनले घोषणा गरेका छन्।
मुल्यवृद्धिको बिरोधमा आन्दोलनमा उत्रिएका नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव पक्ष, जसपा उपेन्द्र पक्ष र जनमोर्चासम्वद्ध विद्यार्थी संगठनले पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन र ढुवानी व्यवसायी महासंघलाई ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोल पम्प र ढुवानीमा प्रयोग हुने ट्यांकर बन्द गर्न भनेको छ ।
ध्यानाकर्षणको अवज्ञा गरिए उत्पन्न हुने परिस्थितिको जिम्मेवारी व्यवसायी र एसोसियसन नै हुने उनीहरूले चेतावनी दिएका छन्।
यस्तै उनीहरूले जनताको ढाड सेक्नेगरि भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन मागसमेत गरेका छन्।
