होमराज रानाभाट
गैडाकोट (नवलपरासी) । गैंडाकोटदेखि पाल्पा राम्दी भएर निर्माण शुरु भएको कालीगण्डकी करीडोर निर्माणले कोरोना र वर्षा को कारणले तीब्रता नपाउँदा समयमै आयोजना सम्पन्न नहुने भएको छ ।
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका र बुलिगंटार र बौंदीकाली गाउँपालिका हुँदै पाल्पा, स्याङ्जा,पर्बत बाग्लुङ्ग भएर मुक्तिनाथ जोड्ने कालीगण्डकी करिडोरको निर्माण अहिले पूर्वी नवलपरासीमा तीन महिनादेखि कोरोना कहर र वर्षा याम शुरु भएपछि सम्पूर्ण रुपमा ठप्प हुँदा आयोजनाको समय अझ लम्बिने आयोजना पक्षले जनाएको छ ।
पूर्वी नवलपरासीको गैंडाकोटदेखि पाल्पा राम्दीसम्म १३२ किलोमिटर सडकको ठेक्का पाएको भारतीय कम्पनी ईकेके कन्सटक्सनले अहिले पूर्वी नवलपरासीको गैेंडाकोट देखि बौंदीकाली सम्मका ३२ खोलामा पुल निर्र्माण सकेको र चार वटा पुलको निर्माण अन्तिम चरणमा पुगेको, भए पनि अन्य सडकको काम भने कोरोनाले बन्द हुन पुग्दा त्यहाँ कार्यरत हजारौं कामदार घर फर्कन वाध्य भएका ठेकेदार पक्षका आयोजनाका ईन्चार्ज कपिल गौलीले बताए ।
सो खण्डको १३२ किलोमिटरको ईकेकेले चार करोड ९२ लाख अमेरीकी डलर अर्थात पाँच अर्ब ७० करोड मा ठेक्का लिएको र शुरुमा कामले तीब्रता पाए पनि अहिले भने निर्माण शुन्य रहेको र अझै यही गतिमा जाने हो भने दुई वर्ष आयोजना सम्पन्न गर्न समय लाग्ने गौलीले बताउनुभयो । कोरोनाले यो सडक को निर्माण कार्य अति सुस्त भएपछि अहिले भने निर्माणको सबै काम ठप्प भएको र दशैं लगत्तै शुरु गर्ने गरी काम अगाडि बढाईने गौलीको भनाइ छ ।
राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको निर्माणले अहिले गति लिन नसकेपछि अब समयमै आयोजना सम्पन्न हुन नसक्ने आयोजनाका ठेकेदार पक्षका इन्चार्ज गौलीले बताए ।
कोरोना संक्रमण को जोखिम नभएको भए धेरै काम हुन्थ्यो कोरोनाले प्रभाव पारेको र अब भने वर्षा शुरु भएपछि पहाडी क्षेत्रमा बाटो बनाउन नसकिने गौलीले जानकारी दिए ।
कालिगण्डकी करिडोर को अहिले गैंडाकोट देखि पाल्पाको राम्दी सम्म १३२ किलोमिटरको काम रोकिएको र यसको ठेक्का पाएको भारतीय कम्पनी ईकेके कन्सटक्शनले स्थानीय नेपाली ठेकेदार गौली ग्रुपलाई ठेक्का दिएको थियो ।
पूर्वी नवलपरासीको गैँडाकोट स्थित कालिगण्डकी चोक देखि पाल्पा पीपल डाँडा राम्दी सम्मको एक सय ३२ किलोमिटर सडक कालोपत्रे गरिने गरि काम अघि बढेको हो । आयोजनाको सडक ११ मिटरको चौडाइमध्ये सात मिटरमा कालोपत्रे, एक एक मिटरको किनारा र एक एक मिटरको नाला रहनेछ ।
सडक निर्माणको जिम्मेवार कम्पनी इकेके इफ्रास्टक्चर लिमिटेड भारतले ,नेपाली कम्पनी आशिष निर्माण सेवा चितवन भरतपुरलाई ठेकका दिएको हो । पाल्पा क्षेत्रबाट निर्माण कार्य गरिदै आएको करिडोरको ८५ किलोमिटर सडक फराकिलो अर्थात (मापदण्ड अनुसार ११ मिटरको वनाउने कार्य को अहिले सम्म ६० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । चार वटा खण्ड वनाएर काम शुरु भएको र गैडाकोट क्षेत्रमा रुख कटानको आदेश नपाउँदा काम नै प्रभाबित बन्न पुगेको र कटानको स्वीकृत पाउन साथ निर्माणले थप तीब्रता पाउने गौलीले बताए ।
यस करिडोरको चार खण्डमध्ये कालिगण्डकी चोकदेखि बु्लिङटारको थामवेसीसम्म, थामबेसीदेखि भारतीपुर,सम्म धेरै काम सकिएको र अब कालोपत्र को काम त्यहीबाट थालिने आयोजनाले जनाएको छ भने भारतीपुरबाट भलायटार र भलायटारदेखि पाल्पा रामपुरको पिपलडाँडासम्मको काम अहिले ठप्प रहेको छ । २०७५ मंसिर १७ गतेबाट शुरु गरिएको कालिगण्डकी करिडोरको निर्माणकार्य २०७८ मंसिर १६ भित्र सक्नुपर्ने ठेक्का सम्झौता भए पनि कोरोनाले थप कति बर्ष पछि धकेलिने हो भनन नसकिने आयोजनाले जनाएको छ । गोरखापत्रबाट