बुटवल । पछिल्लो पटक रुपन्देहीमा ३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्याङ्क अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा एक सय ९१ जनामा आरटी पीसीआर परिक्षण गरिएको थियो ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या तीन सय ७३ पुगेको छ । आज थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै बुटवलका रहेका छन् । बुटवलमा १५, तिलोत्तमामा ७, सैनामैनामा ७, सिद्धार्थ नगरपालिकामा एक, सियारीमा एक, देवदहमा २ र मायादेवीमा एकजना थपिएका हुन् ।
जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या २८ हजार ५ सय ४५ पुगेको छ । उनीहरुमध्ये पाँच सय चार जनाको मृत्यु भएको छ भने २७ हजार ६ सय ६८ जना निको भएर घर फर्केका छन् ।