सैनामैना । सैनामैना उद्योग वाणिज्य संघमा एक पक्षले सातौँ साधारण सभा तथा तेस्रो अधिवेशन गर्ने निर्णय गरेपछि अर्को पक्ष असन्तुष्ट भएका छन् । उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष रिम बहादुर श्रेष्ठ, वाणिज्य उपाध्यक्ष ऋषिराम पाण्डेय, कोषाध्यक्ष टिका बहादुर शाही सहितका पदाधिकारी र सदस्यहरुले उद्योग बाणीज्य सघंको अधिवेशन गर्ने अन्तिम तयारी गरेकाले उक्त निर्णयप्रति असहमती रहेको भन्दै असन्तुष्टी जनाएका हुन् ।
उनीहरुले शुक्रबार पत्रकार सम्मेलन गरि सैनामैना उद्योग वाणिज्य संघका अक्ष्यक्ष राज बहादुर क्षेत्री, वरिष्ठ उपाध्यक्ष प्रेम खड्का, महासचिव दिपक अधिकारी लगाएतका पदाधिकारी सदस्यहरुले एक पक्षीय ढंगले संस्था चलाएको भन्दै यसप्रति गम्भिर आपत्ति रहेको जनाएका हुन् ।
यहि असार ९ गतेकोे पदाधिकारी बैठकमा एकाएक संघको साधारण सभा तथा अधिवेशन प्रस्ताव पेश भएको जनाइएको छ । प्रेस बक्तव्यमा भनिएको छ–‘सदस्यता नविकरण गर्ने समय उपलब्ध नगराई एकाएक मिति २०७८ ÷०३÷१५ गतेको अर्को बैठकमा बोलाई सहमति विपरीत असार ९ गते सम्म नविकरण गरेका सदस्यलाई मात्र मान्यता दिने गरि गरिएको निर्णय उपर नै हामीहरुको गम्भिर आपत्ति रहेको छ ।’
असार ९ गतेको वैठकमा सम्पुर्ण साधारण सदस्यको नविकरण गर्न अध्यक्ष क्षेत्रीले अहिलेलाई साधारण सभा तथा अधिवेशनको मिति सम्म तोकौ र त्यस पछि सदस्यता नविकरण गर्ने समय तालिका प्रकाशित गरौला भन्ने आश्वासन दिएपछि २६ गतेका लागि साधारण सभा तथा अधिवेशन समय तोकिएको संघका असन्तुष्ट पक्षले बताएका छन् ।
संघका उद्योग उपाध्यक्ष रिम बहादुर श्रेष्ठले सम्पुर्ण साधारण सदस्यको नविकरण गर्न उपयुक्त समय सहितको सुचना जारी गर्नुु पर्ने र कोभिड–१९ को जोखिम न्यूनीकरण भएपछि मात्र साधारण सभा तथा अधिवेशन गर्नुपर्ने आफुहरुको माग भएपनि माग सुनुवाई नभएको बताए । उनले नगर क्षेत्र भित्रका ७ सय ५० भन्दा बढी उद्योगी, व्ययसायी मध्ये असार ९ गते भित्र मात्र नविकरण भएका करिब २ सय १३ जनालाई मान्यता दिई अन्य उद्योगी सदस्यहरुलाई सदस्य चुन्न, चुनिन पाउने नैर्सगीक अधिकारबाट बन्चित गरेकोमा आपत्ति रहेको उल्लेख गरे । संस्थाको विधि, विद्यान र प्रक्रियालाई मिचेर अधिवेशन गर्ने तयारीे गरेको श्रेष्ठको आरोप रहको छ ।
यसैबिच जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कोरोना महामारी कायम रहेको समयमा संघले साधारण सभा तथा अधिवेशनका कुनै पनि कार्यक्रम नर्गन यसअघि नै निर्देशन दिएको थियो । संघका असन्तुष्ट पक्षले साधारण सदस्यलाई सदस्यता नविकरण गर्ने र साधारण सभा तथा अधिवेशनमा भाग लिन पाउने र एकतर्फी रुपले साधारण सभा तथा अधिवेशन गर्न लागेकाले जिल्ला प्रशासन कार्यालय, रुपन्देही समक्ष विहीबार निवदेन गरी तत्कालका लागि अधिवेशन रोक्न माग गरेको थियो ।
विद्यानले व्यवस्था गरेकोे पालना नगरी कोरोना महामारीका कारण निषेधाज्ञा (बन्दाबन्दी) कायम रहेको कारण नविकरण गर्न असमर्थ भएका साधारण सदस्यलाई उपेक्षा गरी नविकरणको मौका र अधिकारबाट वन्चित गरी गर्न लागीएको साधारण सभा तथा अधिवेशनको कुनै औचित्य नरहेको वाणिज्य उपाध्यक्ष ऋषिराम पाण्डेले बताए । उनले संघको वैठकमा आफुलाई कुनै खबर नगरेको बताउदै पाण्डेले एकतर्फीरुपमा संस्था चल्न नसक्ने दाबी गरे ।
सैनामैना उधोग बाणीज्य सघं नगर क्षेत्रका बिभिन्न उद्योगी, व्यवसायीहरुको हकहितका लागि स्थापना भएकाले सम्पुर्ण सदस्यहरुलाई सदस्यता नविकरण गर्न उपयुक्त समय उपलब्ध गराउनु पर्ने, सर्वपक्षीय एवम् सर्वसम्मत विधिबाट कार्यसमिति गठन हुदै आएको परिपेक्ष्यमा सबै सदस्यहरुको सहभागितामा सर्वसम्मत कार्यसमिति गठन गर्नुपर्ने संघका सल्लाहकार खुसीराम चौधरीको भनाई रहेको छ । विधि र पद्धति अनुसार संस्था चल्न आवश्यक रहेकोमा चौधरीले जोड दिए ।
त्यस्तै उद्योग उपाध्यक्ष रिम बहादुर श्रेष्ठ, वाणिज्य उपाध्यक्ष ऋषिराम पाण्डेय, कोषाध्यक्ष टिका बहादुर शाही, सदस्यहरु चाम बहादुर क्षेत्री, विष्णु प्रसाद पाण्डे, कमल अर्याल, चमकला बमरेल मगरद्धारा संयुक्त रुपमा हस्ताक्षरीत प्रेस बक्तव्यमा भनिएको छ – “कोभिड–१९ को जोखिम न्यूनिकरण कम भइ जिल्ला प्रशासन कार्यालयबाट निषेधाज्ञा अन्त्य भए पश्चात सबै सदस्यहरुलाई सदस्यता नविकरण गर्ने मौका दिई साधारण सभा तथा अधिवेशनमा भाग लिन पाउने व्यवस्था भएपछि विद्यान सम्मत साधारण सभा तथा अधिवेशन गराउन माग गर्दछौँ । ”
यता सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्रीले आफुहरुले वैठकबाट नै सबै पदाधिकारीहरुको सहमतीमा अधिवेशन तोकिएको दाबी गरे । उनले विधि र विद्यान अनुसार नै संस्थाले सातौँ साधारण सभा तथा अधिवेशनका प्रक्रियाहरु अगाडि बढाएको उल्लेख गरे । नविकरणका सम्बन्धमा भने सधै निर्वाचनको समयमा मात्र गर्ने परम्परा रहिरहेकाले त्यो परम्परा तोड्नका लागि पहिलेदेखि नै उद्योगी व्यवसायीलाई नविकरण गर्न आग्रह गरिरहेको क्षेत्रीले जानकारी दिए । महामारीको समयमा स्वास्थ्य सुरक्षाका कारण जिल्ला प्रशासन कार्यालय र सैनामैना नगरपालिकले अधिवेशन रोक्न अनुरोध गरेको अवस्था छ, यद्यपि निर्वाचन मण्डलले भने प्रक्रियागत ढंगले काम गरिरहेको अध्यक्ष क्षेत्रीको भनाई छ ।
संघका महासचिव दिपक अधिकारीले भने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले साधारण सभा तथा अधिवेशनका कार्यक्रम नर्गनु भनी पत्र पठाएकोले कार्यक्रम गर्न असम्भव रहेको धारण व्यक्त गरे ।