बुटवल- रुपन्देहीमा एक हप्ता अघि खुकुलो बनाइएको निषेधाज्ञा असार मसान्तसम्म थप गरिएको छ। असार १५ गतेबाट जोर-विजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुन पाउने गरि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो बनाएको थियो ।
सोमबार बसेको जिल्ला स्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र डीसीएमसीको बैठकले असार १५ को आदेशलाई ३१ गतेसम्म निरन्तरता दिएको हो । २०७८ बैशाख १५ गतेको आदेशलाई तपशिल बमोजिम हुने असार २२ गते विहान ६ बजेदेखी असार ३१ गते राती १२ बजेसम्म निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख छ ।
यससँगै सार्वजनिक तथा नीजि सवारी साधनमा लागू भएको जोर विजोर प्रणाली कायमै रहेको छ । पसलहरु तथा व्यवसायहरु विहान ११ बजेबाट ६ बजेसम्म खुल्ने छन्।