काठमाडौ-लोकसेवा आयोगले कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमका कारण सबै परीक्षा स्थगित गरेको छ।
कोरोना भाइरसले सिर्जना गरेको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आयोगले चैत महिना हुने तय भएका सबै परीक्षाहरू स्थगित गरेको हो। आयोगका उपसचिव एकनारायण शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै चैत ८ गतेदेखि चैत मसान्तसम्म आयोगद्वारा सञ्चालन हुने गरी पूर्वनिर्धारित निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परीक्षका कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको जनाएका छन्।
कोरोनाको त्रासका कारण सरकारले बिहीबारदेखि नै सुरु हुने भनिएको एसइई परीक्षा स्थगित गरेको थियो भने सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नहुने नियम बनाएको छ। त्यस्ते होटल, रेस्टुरेन्ट, बार तथा क्लव र शैक्षिक संस्थाहरू समेत बन्द गर्ने निर्णय गरेको थियो।