कपिलबस्तु – कपिलबस्तुमा बस र ट्रक एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन्। बुटवलबाट कृष्णनगर जाँदै गरेको लु१ख ५६८४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ३०१२ नम्बरको ट्रक बुद्धभूमि नगरपालिका ९ मा ठोकिएका थिए।
दुर्घट्नामा बसका चालक वाणगंगा नगरपालिका–१ का २९ वर्षीय कृष्णबहादुर कुँवरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलस्तुका प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए।
ट्रकका चालकसहित २१ जना घाइते भएका हुन्। घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई उपचारको लागि बुटवल ल्याइएको छ। सामान्य घाइतेको स्थानिय स्वास्थ्य संस्थामा उपचार भएको छ।