बुटवल-रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रभित्रका बैंक तथा वित्तिय संस्थालाई नगद कारोबार नगर्न निर्देशन दिएको छ। नगरपालिकाले सूचना निकालेर नगरभित्र रहेका बैंक, सहकारी, लघुवित्तहरुलाई भदौ २० गतेसम्म नगद कारोबार रोक्न निर्देशन दिएको हो।
नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको भन्दै नगरपालिकाले त्यसलाई नियन्त्रणमा ल्याउनका लागि साथ दिन आह्वान गरेको छ।
