रूकुम (पूर्व) । प्रेस चौतारी नेपाल रूकुम (पूर्व) शाखाको पहिलो अधिवेशनले माधव केसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा सौगात गौतम, सचिवमा सुबिना गौतम, सहसचिवमा सोनिलिजा गौतम, कोषाध्यक्षमा शेरबहादुर केसी रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा नविना केसी, सविना केसी, सपना राम्जाली, माया रिजाल र अविनेस गौतम रहनुभएको छ । महिला उपाध्यक्ष, समावेशी सहसचिव र एकजना सदस्य पछि थप्ने चौतारीले जनाएको छ । अधिवेशनको उद्धाटन समारोहलाई सम्बोधन गर्दै एमालेका पोलिटब्यूरो सदस्य खेममान खड्काले प्रेस चौतारीमा आवद्व पत्रकारले भ्रष्टाचार विरूद्व कलम चलाएर जनतामाँझ सहि सुचना फैलाउनु पर्ने बताउनुभयो ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं रूकुम (पूर्व) इन्चार्ज गणेश आचार्यले अहिले सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रेस चौतारीले त्यसको भण्डाफोर गर्नुपर्ने बताउनुभयो ।